१६ चैत्र २०८०, शुक्रबार

पुनः भारी हिमपातले हुम्ला सुन्दर तर जनजीवन कस्टकर

Khabarsabaiko शुक्रबार, माघ २५, २०७५

 दाने बोहरा

हुम्ला २५ , माघ

हुम्लामा विहिबार देखि हिमपातले हिमाल तथा बस्ति मनलाेभ्याउने सेताम्य भएपनि स्थानिय बासिको दैनिकी निकै समस्यामा परेको छ । विहिबार राति देखि हिमपात र हावाहुरीले  हुम्लाका नागरीकलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न कठिनाई भएको छ ।

जिल्ला सदरमुकाम सिमकोट पाँच फिट हिउँ जम्नुको साथै चिसो र हावाहुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रब प्रसाद ढुंगानाले जानकारी दिनुभयो । स्थानियलाई घरवाहिर निस्कन समेत समस्या बनाएको सिमकोटमा बस्दै आएका स्थानिय मिगुर लामाले जानकारी दिनुभयो । यस अघि जिल्लामा आठ दिनको ठुलो हिमपात पछि पुनः त्यो भन्दा भारी हिमपात भएको छ । हिमपातले वालवालिका बृद्धबृद्धालाई शौचालय सम्म जान समेत समस्या बनाएको छ ।

जिल्लाकाे उत्तरी नाम्खा गाउँपालिका भने सिमकोट बढी हिमपात परेको छ । हिमपातले त्यस क्षेत्रका स्थानियलाई घर निस्कन समेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ ।

हिमपातले  चैत्रमा हुने एसइईको तयारी कक्षा लिदै आएका विद्यार्थीको टिउसन समेत बन्द भएका छन् । विहिबार राति देखिको भारी हिमपातले विद्यार्थीलाई टिउसन कक्षा जान समेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको मानसरोवर माविका प्रधानध्यापक अमर बहादुर शाहीले जानकारी दिनुभयो । पाँच फिट सम्म हिउँ जमेका कारण आवात जावत गर्न समस्या हुने भएकाले एसइई दिने विद्यार्थीको टिउसन कक्षा बन्द गरेको प्रधानध्यापक शाहीले बताउनुभयो ।

जिल्लाको एक मात्र यातायातको साधन हवाई जहाज आठ दिन पछि खुलेपनि विहिबार वाट पुनः भारी हिमपातले दुई दिन देखि बन्द भएको छ ।  जिल्लामा हिउँ पाँच फिट सम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एक हप्ता लाग्ने भएको विमानस्थल श्रोतले बताएको छ ।

विद्युत सेवा बन्द हिल्दुम साना जलविद्युत केन्द्रले हावाहुरी र हिमपातका कारण आफ्नो विद्युत प्रशारणलाईन लाई बन्द गरेको छ । एक हजार मेगाहवट गरेको विद्युत केन्द्रले दुई बिस मेगावट विद्युत खपत आएको विद्युत प्राधिकरणका प्रशासन प्रमुख एम प्रकाश खड्काले बताउनुभयो । हिमपातले र हावाहुरीले कतै पोल ढल्नुका साथै तार चुटिएका कारण विद्युत बन्द गर्नु परेको प्रशासन प्रमुख खड्काले बताउनुभयो ।विद्युत बन्द हुदा सिमकोटमा रहेको सामुदायिक रेडियो समेत बन्द हुनुका साथै विद्युत मार्फत सञ्चालन हुने ईलोक्ट्रनी काम समेत बन्द हुन पुगेका छन् । मौसममा सुधार आएपछि मात्र विद्युत सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्