१५ चैत्र २०८०, बिहिबार

पार्टी पुर्णताको लागि नेकपाको कार्यदलले माग्यो थप समय

Khabarsabaiko शुक्रबार, माघ २५, २०७५

खबरसबैको संवादाता माघ २५
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले अध्यक्षद्वयसँग समय थपको लागि अनुरोध गरेको छ। पार्टी एकताका लागि गठन भएको नेकपाकोे शुक्रबार बसेको कार्यदलको बैठकले सहमतिमै प्रतिवेदन पेश गर्ने गरी अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’सँग समय थप गर्न अनुरोध गर्ने र पूर्ण प्रतिवेदन बुझाउने सहमति गरेको हो । पार्टी एकताको पुर्णताका लागि कार्यदलले पार्टीका बाँकी संगठन एकीकरणको प्रस्ताव, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर र केन्द्रीय सदस्यहरूको कार्य विभाजन प्रस्ताव तयार गरी केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको कार्यदलका सदस्य लेखराज भट्टले बताए । बिहीबारको बैठकमा सहमति नजुटेपछि पुन कार्यदलको बैठक शनिबारमा बसेको हो । शुक्रबार बसेको बैठकले सबै विषय लाई समेटेर प्रतिवेदन अध्यक्षद्वय लाई बुझाउन कार्यदलका संयोजक रामबहादुर थापा बादललाई आग्रह गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्