१६ चैत्र २०८०, शुक्रबार

संञ्चार प्रतिष्ठानमा पारिश्रमिकबारे अनुगमन गर्ने

Khabarsabaiko शुक्रबार, माघ २५, २०७५

खबरसबैको संवददाता

माघ २५ गते काठमाण्डौ
सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरेर नगरेको सम्बन्धमा सञ्चार प्रतिष्ठान नेपाल पत्रकार महासंघले अनुगमन गर्ने भएको छ। आइतबारदेखि श्रमजीवी पत्रकार ऐन अनुसार हालै गरिएको महासंघको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको बैठकले आइतबारदेखि सञ्चार प्रतिष्ठानमा अनुगमन गर्ने र अनुगमनका क्रममा ऐन कार्यान्वयन नगरेको पाइएमा त्यस्ता सञ्चार प्रतिष्ठानमा आन्दोलन गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले बताए ।
बैठकले विभिन्न प्रदेश र स्थानीय तहले जारी गरेका आमसञ्चार नीति र संसदमा प्रस्तुत गरेका ऐनमा प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रावधान रहेकाले त्यसलाई तत्काल सच्याउनसमेत माग गरेको छ। महासचिव विष्टले बैठकले प्रेस स्वतन्त्रता संकुचन सच्याउन माग गर्नका लागि सातै प्रदेशमा शनिबारदेखि फागुन ५ गतेसम्म ‘प्रेस स्वतन्त्रता मिसन’ सञ्चालन गर्ने निर्णय गरेको बताए।
बैठकले आगामी फागुन ९ र १० गते पोखरामा हुन गइरहेको महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफलसमेत गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्