१६ चैत्र २०८०, शुक्रबार

तीन सयौं हप्तामा बागमती सरसफाई अभियान सम्पन्न

Khabarsabaiko शनिबार, माघ २६, २०७५

अर्जुन बोहरा काठमाण्डौ माघ २६ गते
साप्ताहिक रुपमा बागमती सरसफाई अभियान अन्र्तगत आज शनिबार बागमती सरसफाईको ३ सयौं हप्ता पुगेको छ । ३ सयौं हप्ता पुगेको अवसरमा आज बागमती सरसफाईको एक बिशेष कार्यक्रमको आयोजना गरेको छ । खशहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि विक्रम संवत २०७० साल जेठ ५ गतेदेखि साप्ताहिक रुपमा बागमती नदी सफाइ गर्ने अभियान शुरु भएको र आज शनिबारकै दिनमा ३ सयौं हप्ता पुगेको हो । स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान’ भन्ने नारासहित आज सरकारी प्रतिनिधी सहित सहभागितामा मनोहरा दोभानमा कार्यक्रम गएको छ । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नागरिक सचेत नभएसम्म यस्ता अभियान सफल हुन नसक्ने बताइन । सफाइ अभियानका क्रममा बागमती र त्यसका सहायक नदीहरुबाट करीब १८ हजार मेट्रिक टन फोहोर संकलन गरिएको र झण्डै १० लाख मानिस अभियानमा सहभागी भईसकेको दाबी पनि गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्