१५ चैत्र २०८०, बिहिबार

देशवासीको नाममा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

खबरसबैको संवदाता

काठमाण्डौ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आफ्नो सम्वोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने तयारी गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्