१६ चैत्र २०८०, शुक्रबार

पहिलो पटक पानीजहाज कार्यालय उद्दघाटन

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

खबरसबैको संवादता
नेपाल पहिलो पटक सरकारले पानी जहाज कार्यालयको स्थापना गरेको छ । आजै प्रधानमन्त्रि केपीशर्मा ओलीले पानी जहाजको कार्यलयको उद्दघाटन गरेको नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले जानकारी दिए। ललितपुरको एकान्तकुनामा रहने पानीजहाज कार्यालयको बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घटन गर्नु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिनु भयो । गत माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो। सरकारले कार्यालयका लागि कर्मचारी दरबन्दी समेत स्वीकृत गरिसकेको छ। कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहने व्यवस्था समेत गरेको छ। यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय समेत स्थापना भएको थिएन।माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको थियो।
पानी जहाज कहिले सञ्चालन हुने कुनै यकिन नभए पनि सरकारले कार्यालय भने स्थापना गरेको हो। सञ्चालन पूर्वका धेरै कामहरु भने बाँकी छन्। कार्यालय स्थापनासँगै पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकाल्ने तयारी सरकारको छ।

यहाँ कमेन्ट गर्नुहोस्