१५ चैत्र २०८०, बिहिबार

एक बर्ष पुगेको अबसरमा देश बासीको नामा सम्बोधन(पूर्णपाठसहित)

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

अर्जुन बोहरा काठमाडौं
सरकार गठन भएको १ बर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षमा सरकारले समृद्धीको आधार तयार पारेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरिरहेको दाबी गरे । बिहीबार दिउँसो देशबासी लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नौ–नौ महिनामा सरकार फेरिने बानी नेपालीहरूमा परेको उल्लेख गर्दै अब सरकार नफेरिने दाबी गर्नु भयो ।
अहिले सम्म सरकारले २५ कानून संघीय संसदबाट पारित भएको, ५ अध्यादेश जारी भएको, २३ विधेयक संघीय संसदमा प्रस्तुत भएको र २४ विधेयक संघीय संसदसमक्ष प्रस्तुत गर्न अन्तिम तयारी भइरहेको छ । ४७ नियमावली र ७ गठन आदेश जारी भएका छन् भने ३३ निर्दे्शिका, कार्य्विधि र मापदण्ड जारी भएको सुनाए । हरेक ३ दिनमा एउटाका दरले तुईन विस्थापन भएको र आफूले सुरु गरेको अभियान अन्तिम चरणमा पुगेको उनले बताए । नेपालीहरु आकर्षित भएकोल धानको उत्पादन गत वर्ष भन्दा यस वर्षमा ८.९ प्रतिशतले बृद्धि भएको छ । मकैको उत्पादन ३.५ प्रतिशतले बृद्धि भएको छ । तरकारी उत्पादन १६.५ प्रतिशतले वृद्धि भएको छ । कर्मचारी समायोजन, लगानीमैत्री वातावरणको लागि ऐनहरु निर्माण, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नती, अरु बिमानस्थल निर्माणको काम लगाएतलाइ पनि सरकारले उपलब्धिको रुपमा हेरेरको छ । औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको पनि प्रधानमन्त्रीले बताउन ुभएको छ । त्यस्तै ८७ वटा पुल, चारसय १७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

PM Speech on OneYearComplet

यहाँ कमेन्ट गर्नुहोस्