१५ चैत्र २०८०, बिहिबार

मुख्यमन्त्री रनिङ सिल्डको रुकुम पश्चिम र कालिकोट विजय

Khabarsabaiko आइतबार, फाल्गुण ०५, २०७५

खबरसबैको संवादाता सुर्खेत
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा पहिलो पटक मुख्य मन्त्रि रनिङ सिल्ड सम्पन्न भयो। अन्तिम फाइनल खेलमा पुरुष तर्फको भलिबल प्रतियोगिता खेल उपाधि रुकुम पश्चिमले जितेको छ । फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३/१ को सोझो सेटमा हराउदै जित निश्चत गरेको हो । सल्यानलाई पहिलो सेटमा रुकुमले हराउँदै २८/२६ दोस्रो सेटमा २५ /१९ र तेस्रो सेटमा २५/२३ को स्कोरमा पराजित गरेको गराएको छ ।
त्यस्तै सल्यानले उपविजेता बनेको छ भने घरेलु टोली सुर्खेतले तेस्रो स्थानमा जित्त बुझाएको छ । समुह चरणको खेलमा लगातार जित हातपार्दै शिर्षस्थानमा रहदै आएको सल्यान फाईनलमा भने हार भोग्न बाध्य भएको हो । सुरुका खेलमा राम्रो प्रर्दशन गरेपनि अन्तिममा आफुलाई सम्हाल्न नसक्दा सल्यान उपाधिमा आएको हो ।
पुरुष तर्फ प्रथम भएको रुकुमले १ लाख, द्बितीय भएको सल्यानले ७५ हजार तथा तृतीय भएको सुर्खेतले ५० हजार पुरुस्कार प्राप्त गरेका छन्। यसैबीच महिला भलिबलतर्फ भने कालिकोटले उपाधि उचालेको छ। फाइनलमा रुकुम पश्चिमबिरुद्ध सहजै जित हासिल गर्दै कालिकोटले उपाधि चुमेको हो।
त्यस्तै महिलातर्फ भने कालीकोटले रुकुम पश्चिमलाई ३–० शून्यको सोझो सेटमा हराउँदै एक लाख र मेडल हात पारेको छ । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँमै चित्त बुझाएका छन् । प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ठ खेलाडी रकुम पश्चिमका डाइमण्ड खड्का घोषित भएका छन्। उनले तीन हजार ५०० प्राप्त गरे भने महिलातर्फ कालिकोटका पुष्पा शाही उत्कृष्ट खेलाडी घोषित भइन्। कर्णाली प्रदेशमा प्रदेश सरकार गठन भएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो पटक मुख्यमन्त्री पुरुष र महिला भलिवल प्रतियोगिता आयोजनाम सम्पन्न गरिएको मुख्य मन्त्रि महेन्द्र बहादुर शाहीका प्रेस सल्लाहाकार धुव्र बुढाथोकीले बताउनु भयो । कर्णाली प्रदेशकै१० वटै जिल्लाका महिला पुरुष भलिवल खेलमा सहभागिता जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्