१६ चैत्र २०८०, शुक्रबार

कर्णालीका जडिवुटी कुईन्टलमा विग्री हुन्छ, मिलीग्राममा औषधी किन्छौ –मन्त्रि बस्नेत

Khabarsabaiko सोमबार, फाल्गुण ०६, २०७५

अर्जुन बोहरा

काठमाण्डौ -कर्णाली प्रदेशको प्राकृति सम्पदा, कला सांस्कृतिक,जल,थल र जटीवुटीको सम्पदा लाई चिनाउन र कर्णालीलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनको लागि काडमाडौंमा बृहत कर्णाली एक्स्पोले आयोजना सम्पन्न गरेको छ । कर्णालीमा पाईने अर्ग्रायानिक परिकारको प्रवर्धन नगरेकाले र कर्णालीको कला संस्कृति प्रचारमा नआएकै कारणले कर्णाली पछाडि परेको कार्यक्रममा सहभागिहरुले बताए ।कार्यक्रम समापनमा पुग्नु भएका संघिय सरकारकावन तथा वातवरण मन्त्रि शक्ति बस्नेतले

कर्णाली समृद्धिको लागि सरकारले अब अगुवाई गर्नु पर्ने बताए । कर्णाली समृद्धि नहुनु प्रचारप्रसार नभएकै कारणले पछाडि परेको हो । कर्णालीमा विकासको लागि सिहदरबार बाट जाने विकासी बजेटको सदउपयोग गरौ,अनियमितता र दुरुपयोग हुने प्रवृतीको अन्त्य गर्नको लागि कर्णालीका युवाहरुले नै खबदारी गरौ ।कर्णालीमा भएका श्रोतसाधनको सहिपरिचालन गरौ तब मात्र समृद्धिको कर्णालीको सम्भावान भएको वन मन्त्रि बस्नेतले जोड दिए ।
कर्णालीमा अग्रानीक जटीवुटी छ तर कुइन्टलमा हामी बाहिर विक्री र्गछौ ।अरुले तेहि किनेको जटीवुटी ग्राममा प्रसोधन गर्छ तर हामी तेहि प्रसोधन गरेको मिलिलिटरमा औषधी महगोमा किनीरहका छौ। अब हामी कर्णालीका बास्न्दिा जटीवुटीको खेती गर्नुको साथै जटीबुटी प्रसोधन गर्नेे उद्योग खोलेमा मात्र कर्णाली सुन्दर विकसीत कर्णाली बन्न सक्ने स्थीती आएको” मन्त्रि बस्नेतले बताउनु भयो ।कर्णालीपछउटेपन,अन्धविश्वास,गहिरोरुपमा गाडिएको छाउपडी

प्रथा जस्ता समाजमा कृसांस्कृतिको विकृतीले कर्णाली पछाडि परेको कर्णाली प्रदेशका अर्थ मन्त्रि प्रकाश ज्वालाले बताए ।यस लाई समयमै सुधारेर लैजाने हो भने कर्णाली गरिबी मानसिकता बाट हटने बताए । देशभरिकै ठुलो प्राकृतिक सम्पादाका श्रोत साधन भएको “कर्णाली प्रदेशमा जन्मीएका हामी नै अन्य जिल्लामा गयौ भने कसैले घर कहाँ भनेर सोध्यो भने कर्णाली भन्दैनौ, हुम्ली जुम्ली सल्यानी कालिकोटे हुँ भन्ने हामी लजाउँ छौ । तेहि भएर हामी पछाडि पार्ने प्रवृती हामीमै खडा भएको छ,। जव हामी कर्णालीका बासिन्दा जुम्ली,हुम्ली,कालिकोटे,सल्यानी,सुर्खेत दैलेखी,भनेर गौरवका साथ भन्न परिचय दिनसकेनौ भने हामी अगाढी बढ्न सक्दैनौ । अब हामीले कर्णाली हुँ भनेर संकल्पका साथ शिर उचालेर भन्न सकेमा मात्र कर्णालीको विकास सम्भव छ” यसमा सबै युवामावर्ग लाग्न पनि आग्रह गर्नु भयो ।

कर्णाली चिनाउनको लागि सरकारले सडक विस्तार, हवाई मार्गको स्तरोन्नन्ती तिर ध्यान दिनुपर्ने नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका अध्यक्ष गोरख बहादुर बोगटीले बताए । देश विदेशमा कर्णालीको प्रचार प्रसार भएकै छैन प्रचारप्रसार तिव्र गर्नु सबैको आवश्यक छ । कर्णालीमा भाषीक, सांस्कृतीक रुपमा महत्वूर्ण थलो हो । प्राकृतिक सोतसाधनको दोहन गर्न सकेका छैनौ,यसमा सबैको सल्लाहा सुझाब लिएर अगाढि बढ्ने संकलप गरेमा मात्र कर्णाली अगाडी बढ्ने बताए ।कर्णाली प्रदेशलाई पछाडि पारिएका कला, प्राकृतिक सम्पदालाई प्रचारप्रसार गर्न र पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पुगोस भन्ने उद्देश्यका साथ कर्णालीका युवाहरुले आयोजना गरेको आयोजक सदस्य वेलमती रोकायाले बताईन् । शुक्रबार बाट संचालन भएको तिन दिने कर्णाली एक्सपो कार्यक्रमा कर्णालीलाई मात्र लक्षित गरिएको होइन, काठमाण्डौमा बसेका राजधानीका बासिन्दाहरु लाई कर्णाली कस्तो छ भनेर चिनाउनुको साथै पहिचान लुटिएको कर्णाली लाई विश्व सामुमा पुराउनको लागि पनि यो आयोजना गरिएको आयोजक समितिका संयोजक उपेन्द्रजङ्ग शाहीले बताए ।कर्णाली प्रदेशमा रहेका प्राकृतिक सम्पदा रारा ताल, छायाँनाथ धाम, बुलबुले ताल, छायाँनाथ धाम,

बुलबुले ताल, शे–फोक्सुन्डो, कैलाश मानसरोवर दर्शन मार्ग,चन्दनाथ, खार्पुनाथ मन्दिर, रलिङ्गगुम्बा,लिमी भ्याली,भैरवनाथ, पञ्चमुकोशी ज्वाला, कुपिन्डेताल पंचाल झरनालगायत प्राकृतिक सम्पदा कर्णालीमा तपामा छन । कर्णालीलाई जुन अन्य प्रदेशले, राज्यले हेर्ने दृष्टिकोण परिर्वतन ल्याउनको लागि कर्णाली एक्सपो आयोजना गरिएको आयोजक समिति सदस्य प्रेमा लामाले बताइन् । कर्णाली प्रदेशमा रहेका कला सस्कृति, भेषभुषा, पर्यटकीय क्षेत्रको देश तथा बिदेशमा प्रचार प्रचार गर्न र नदेखेकाहरुका लागि कस्तो छ,भने देखाउनको लागि आयोजना गरेको छ । वास्तविक कर्णाली लाई चिनाउनको लागि काठमाण्डौमा पटक पटक यस्ता आयोजना गर्दै आईरहेका छ ।

यहाँ कमेन्ट गर्नुहोस्