१६ चैत्र २०८०, शुक्रबार

कोहलपुरमा बस र कार ठोक्कीदा ४ जना गम्भीर घाईते

Khabarsabaiko शुक्रबार, फाल्गुण १०, २०७५

नन्दराज शर्मा, कोहलपुर
फाल्गुन १०
बाँकेको कोहलपुर नजिक रोहनिखोला बस र कार ठोक्कीदा ४ जना गम्भीर घाइते भएको जानकारी काेहलपु ट्राफिक कार्यालयका दुर्गादत्त जोशीले दिएका छन् । ना ४ ख ९२४२ नं. बस र बा ४ च १४२४ नंं. को कार ठोक्कीदा दुर्घटना भएको हो । बस धनगढी वाट बुटवल र कार काठमाडौं बाट सुर्खेतका लागि छुटृृेका थिए ।

कारमा २ जना र बसमा १८ जना सवार रहेका प्रारम्भिक जानकारी रहेकाे बताए । ४ जना गम्भिर घाईते र अन्य सामान्य घाईतको कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनाको कारण र थप जानकारी आउन केही समय लाग्ने बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्