१५ चैत्र २०८०, बिहिबार

हेलिकप्टर दुर्घटना,मन्त्रि अधिकारी सहित ७ जानको मृत्यु

Khabarsabaiko बुधबार, फाल्गुण १५, २०७५

खबरसबैको संवाददाता
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्रि अधिकारी सहित ७ जानको मेत्यु भएको जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले जानकारी गराएको छ ।
तेह्थुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट उडेको एअर डाईनेष्टिको हेलिकोप्टर सम्पर्क विहीन भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए । सो हेलिकोप्टरमा आङछिरिङ शेर्पा पनि सवार थिए । शेर्पा यति एयरलाइन्सका मालिक हुन् । श्रेष्ठका अनुसार मन्त्री अधिकारीसहितको ६ जनाको टोली चढेको हेलिकोप्टर सम्पर्क विहीन भएको हो । घटनास्थलमा सबैको शव छेदविछेद अवस्थामा फेला परेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्