१४ बैशाख २०८१, शुक्रबार

हिमपातका कारण शैक्षिक सत्र सुरु भए पनि विद्यालय खुलेनन्

Khabarsabaiko बिहिबार, फाल्गुण १६, २०७५

राज शाही

हुम्ला, १६ फाल्गुन

हुम्ला लगाएत नेपालका केहि हिमाली जिल्लामा शैक्षिकसत्र फाल्गुन बाट सुरु हुने गरेको छ।  हुम्लामा शैक्षिकसत्र सुरू भए पनि विधालय खोलिएका छैनन । जिल्लामा भारि हिमपात भइ विधालय परिसर संगै झ्याल ढोका भन्दा माथि हिउ जमे पछि विधालय नखोलिएका हुन । जिल्लाका ७ वटा गाउँ पालिका मध्य ६ वटा गाउँपालिकामा स्थापित विधालयहरुले भर्नाका लागी विधार्थीलाई आब्हान गरे पनि एक वटा गाउँपालिकाले विधालयमा विधार्थीको भर्ना कार्यको लागी पनि आब्हान नगरेको नाम्खागाउँ पालिकामा स्थापित मोतिराम प्राथामिक विधालयका शिक्षक पासाङ लामाले बताउनु भयो । नाम्खा गाउँ पालिका जिल्लाको उच्च हिमालि भेगमा रहेको र जहाँ ५ फिट हिउ जमेका कारण विधालय सम्म पुगी भर्ना कार्य खुल्ला गर्नु त परै जावस घर बाहिर निक्लन समेत समस्या भएको शिक्षक लामाले बताउनु भयो ।

विधालयका चाैर भरि हिउ जमेको र शिक्षक विधार्थिलाई पाइला टेक्ने ठाँउ समेत नभएकाले र विद्यार्थि र शिक्षक विधालयमा आवतजावत गर्दा मानिस समेत डुब्ने भएका कारण हाल सम्म विधालय समेत नखोलिएको शिक्षक लामाले बताए । हाल नाम्खा गाउँपालिकामा स्थापित प्राथिमक विधालय देखि माध्यामिक विधालय सम्मका अधिकाँस शिक्षक उक्त गाउँ पालिका भन्दा बाहिरका भएको र मिन पचासको विधा गरेर हिडेका शिक्षकहरु हाल सम्म विधालय सम्म पुग्न सकेका छैन ।

जिल्लाको उच्च हिमालि भेगमा रहेको साविकको लिमि गाउँ विकास समिति हालको नाम्खा गाउँ पालिकाका तिन वटा गाउँ तिल जाँग हल्जिमा स्थापित विधालयमा जानका लागी हिमपातले बाटो बन्द भएका कारण शिक्षक कार्य स्थल सम्म पुग्न नसकेका हुन । लिमि जानका लागि न्यालु र नारा लेख भएर जानु पर्ने हाल उक्त लेखमा करिव ६ फिट हिउ जमे पछि शिक्षक संगै गाउँ पालिकाका कर्मचारी पनि कार्यस्थल सम्म पुग्न सकेका छैनन् । उक्त गाउँपालिकामा कार्यरत शिक्षकहरु सदरमुकाम सिमकोट केन्दित भइ सकेका छन् ।

त्यस्तै साविकको मुचु र खंगाल गाउँ गाउँ विकास समितिमा स्थापति विद्यालयहरू पनि खुल्न सकेका छैनन् । उक्त गाउँ ठाउँमा ५ फिट सम्म हिउ जमेको शिक्षक लामाले बताए । विधालय सम्म पुग्न शिक्षकलाइ समेत समस्या भएको र विधार्थी त के जानसक्नु लामाले भने । पुन जिल्लामा हिमपात नभए फागुन २० गते बाट भर्नाको लागि आब्हान गरिने र चैत १ गतेबाट विधालयमा पठन पाठन कार्य सुरु गरिने शिक्षक लामाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्