१५ चैत्र २०८०, बिहिबार

नेकपा सचिवालय बैठकः शोक प्रस्ताव पारित

Khabarsabaiko बिहिबार, फाल्गुण १६, २०७५

खबर सबैको सम्वाददाता
काठमाडौँ, फागुन १६ गते ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

त्यस्तै पार्टीका सबै कार्यालयमा आज उहाँको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । तीन दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट यही फागुन २३ गते केन्द्रीय श्रद्धाञ्जलि सभाको आयोजना गर्ने निर्णय गरिएको छ । बैठकले दुर्घटनामा परेर निधन हुनुभएका व्यक्तिको परिवारको आर्थिक स्थिति र आवश्यकतासमेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्