१५ चैत्र २०८०, बिहिबार

यस वर्ष हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खाका विद्यार्थि लार्इ पठ्यपुस्तक अभाव नहुने

Khabarsabaiko शनिबार, फाल्गुण १८, २०७५

राज शाही

हुम्ला १८ फागुन

हिमालि जिल्ला हुम्लामा शैक्षिक सत्र सुरू संगै भारि हिमपातका बाबजुत पनि पाठ्य पुस्तक समयमै आइ पुगेको छ । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाको जिम्मा लिएको साझा प्रकाशनका वितरक रोकाया सपिङग् सेन्टरले पुस्तक समयमै जिल्लामा पुगाएको जनाए ।

हुम्ला जिल्लाका सिमिकोट र खार्पुनाथ गाउँपालिकाले १७ गते सम्म भर्ना मिति रहेकाले फाल्गुन २० गतेबाट विद्यालयमा पठन पाठन कार्य सुरु गरिने मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनु भयो । समयमै पुस्तक पुगेकाले पठन पाठन गराउन सहज हुने प्रधानाध्यापक शाहीले बताउनु भयो ।

मुख्यतया पुस्तक पसलबाट विद्यालयको विधार्थी संख्या हेरेर पाठ्य पुस्तक जिम्मा लिएर वितरण गर्ने व्यवस्था रहे पनि हुम्ला जिल्लाको भौगोलिक कठिनाइ, पुस्तक ढुवानिको समस्याले गर्दा अहिले विधार्थीले आफै किनेर लिने र पछि विद्यालयले विल बराबरको रकम उपलब्ध गराउने गरेको प्रधानाध्यापक शाहीले बताउनु भयो ।

राज्यले माध्यामिक तह सम्मको पठन पाठन निःशुल्क गरे सैगै विद्यार्थिले पुस्तक निशुल्क पाउने गरेका छन् । रोकाया पुस्तक पसलबाट  तिन वटा गाउँपालिकामा अध्यनरत विधार्थीले पुस्तकहरु धमाधम खरिद गरि लिइ रहेका  र  यस वर्ष अाफ्नो जिम्माका  गाउँपालिकामा पाठ्य पुस्तक अभाव नहुने प्रोपराइटर ज्ञान बहादुर रोकायाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्