१५ चैत्र २०८०, बिहिबार

कर्णाली प्रदेश स्तरीय नेपाल अभिभावक महाँसंघ गठन

Khabarsabaiko आइतबार, फाल्गुण १९, २०७५

अर्जुन बोहरा
कर्णाली प्रदेशका दश वटा जिल्लामा रहेका बिभिन्न अभिभाबक संघहरुको भेला भई नेपाल अभिभावक महाँसंघको कर्णाली प्रदेश स्तरीय महाँसंघ गठन गरेको छ । नेपाल अभिभावक महाँसंघ नेपालका धर्मदत्त देवकोटाको उपस्थितिमा शनिबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीप्रदेश स्तरीय नेपाल अभिभावक महाँसंघ गठन गरएिको हो ।उक्त महाँसंघमा अध्यक्ष कमल बोहरा उपाध्क्ष अनिता बुमि र सेर बहदुर रोकया लगायत ७ जान प्रदेश कमिटी चयन गरेको छ । कर्णालीका १० वटै जिल्लामाबाट अध्यक्ष सहित अनिवार्य रहने गरि कर्णाली प्रदेश स्तरीय नेपाल अभिभावक महाँसंघ गठन गरेको छ । उक्त भेलाले केन्द्रिय बिधान अनुसार महाँसंघ गठन प्रक्रियालाई पुर्णता दिने निर्णय पनि गरेको हो । अन्य सदस्य सहित पदाधिकारी पछि तोक्ने गरि विरेन्द्रनगरमा समिति चयन एको नवनिर्वाचित अध्यक्ष बोहराले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्