०७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली अकस्मात अस्पतालमा भर्ना

Khabarsabaiko बुधबार, फाल्गुण २२, २०७५

खबरसबैको संवादाता
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि बुधबार भर्ना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज उपचार भईरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनु भयो ।
प्रधानमन्त्रीका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगत जाँच गर्नुपर्ने तथा मुटुको इको (जाँच)लगायतको उपचार गर्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो। थाइल्यान्डमा नियमित चेकजाँचका लागि जानुपर्ने भए पनि समयअभावका कारण त्रिवि शिक्षण अस्पतालमा नै गराउनु परेको बताइएको छ । ओलीको रगतका नमूना संकलन गरिएको छ भने अन्य चेकजाँच पनि भइरहेको बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्