१३ बैशाख २०८१, बिहिबार

रेशम चौधरी लाई जन्मकैदको सजाय

Khabarsabaiko बुधबार, फाल्गुण २२, २०७५

खबरसबैको संवादाता

कैलाली— कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ। बुधबार फैसला सार्वजनिक गर्दै जिल्ला अदालतले चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको जिल्ला अदालत कैलालीले बताएको छ । थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले भने सफाइ पाएका छन्। २०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरीसहित एक नाबलकको मृत्यु गरेको थियो । उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्