१६ चैत्र २०८०, शुक्रबार

डोका, डालो बुनेर घरपरिवार चलाउँछन्ः डक्ला वुढा

Khabarsabaiko बिहिबार, फाल्गुण २३, २०७५

राज शाही

हुम्ला २३ फाल्गुन

हुम्ला खार्पुनाथ वडा नं. ३ डक्ला वुढा १० वर्ष देखि डालो, डोका, डाला, थुन, छाप्रि वुनेर घर परिवारको पालन पोषण गरिरहेका छन् ।  अन्य आयश्रोत नभए पछि बाँस अर्थात निगालाको चाेया बाट डोका डाला लगाएतका सामग्री वुनेर घरपरिवारपालि रहेको बुढाले बताएका छन् । वर्ष भरिको कमाइले ३ महिना पनि खाना नपुगे पछि निगालाबाट वुनेका सामाग्रिहरु वेचेर घरपरिवारको छाक टार्ने गरेको वुढाले बताएका छन् ।

आफ्नो घरमा ७ जनाको परिवार रहेको बालबच्चा सानै भएकाले आफुले नै हेरचाह गर्नु पर्ने भएकाले भारि हिमपातमा पनि वन जंगलमा गएर निकाला संकलन गरि डोका डाला वुनि जीवन गुजारा गरि रहेको वुढाले बताएका हुन । यो पछिल्लो समय सामुदायिक वनको अवधारणाले वनको कर नतिरि निकाला संकलन गर्ने नपाइने भएकाले कमाइको केही प्रतिसत सामुदायिक वनलाई दिनु पर्ने भएकाले आफु सारै मर्कामा परेको वुढाले बताए ।

हामी जस्ता गरिवको रेखा मुनि रहेका मानिसलाई राज्यले करमा केही सहुलियत दिनु पर्नेमा पनि उन भने । १ डोका बुन्न करिव २ देखि ३ दिन लाग्ने र बजारमा ल्याउदा वढिमा ५ सय मुल्य दिने गरेकोले आफुहरु सारै मर्कामा परेको पनि वुढाले बताए । यो पछिल्लो समय निगालाले वुनेका सामाग्री भन्दा पलास्टिकका सामाग्रिले बजार अाेघटेकाले यि सामाग्रि विक्रि हुनै छोडेकाले आफु जस्ता सयौ हुम्लिको जिविकापार्जन गर्न सारै मुस्किल भएको वुढाले बताए ।

हाल जिल्ला सदरमुकाम सिमकोटमा निगालाबाट वुनेका डोकाको ५ सय, थुनको ६ सय, छाप्रिको (डालो) २ सय गरि वेच्चने गरेको वुढाले बताएका हुन । डोका डाला बुन्दार हात काटिने, छाति दुख्ने समेतको समस्या हुने गरेको समेतको दुख हुने गरेको वुढाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्