१५ चैत्र २०८०, बिहिबार

उडानमा घाटा भएको भन्दै यात्रु अलपत्र

Khabarsabaiko शनिबार, फाल्गुण २५, २०७५

अर्जुन बोहरा
सुर्खेतं–हवाई जहाजको टिकट नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र परेका छन् । सडक यातायातको विकल्प नभएको एकमात्र हर्वाजहाज भएको हुम्लामा नियमित उडान नभर्दा समस्या भएको हुम्ला बाट व्यापर व्यावसाय गर्न सुर्खेतमा पुग्नु भएका शेरबहादुर रोकायाले बताए । निजी एयरलाईनस कम्पनीका जहाजले मानिस लाई उडाउनु भन्दा काग्रो समानहरु उडान भर्न फाईदा भएको भन्दै यात्रु हप्ताको एक चोटी उडान भर्ने गरेको सुर्खेत स्थित गोमा एयरकम्पनीका चन्द्रजङ्ग शाहीले बताए । हुम्लाको लागि यात्रु उडानमा गर्दा ५० प्रतिशत जहाज कम्पनी लाई घाटा पर्ने भएकोले काग्रोमा उडान गरेमा ११ हजार मुनाफा भएको बताए । निजी एयरलाइन्सका जहाजले सुर्खेत र नेपालगन्ज बाट हुम्लाका लागि नियमित यात्रु उडानका लागि सरकारले गरेको सम्झौता तोडेर मन परि भाडा उठाएर उडना भर्ने गरेको खार्पुनाथ गाउँपालिका–१का शक्ति बहादुर ऐडीले बताउनु भयो ।
आफनी श्रीमती लाई उपचार गराउन सुर्खेतमा पुग्नु भएका खार्पुनाथ गाउँपालिका ५ निवासी रामसिह सुनार भने आफुले टिकटको लागि धाएको १२दिन भयो । अहिले सम्म जहाजको टिकट नपाएर भौतारिनु परेको बताए । उपचार गर्दा खर्च सकिएको र आफुले कसै लाई चिनेको पनि छैन लाई । हवाई टिकट नपाउँदा सुर्खेतमै ४० जना यात्रु ऋण गरेरै होटलमा बस्नु पर्ने बाध्य भएको बुद्धिराम बुढाले बताउनु भयो ।
हवाई टिकटका लागि हप्तौ दिनदेखि विमानस्थलमा धाउने र साँझ पख होटलमा फर्किने गरेको सिमकोट गाउँपालिका ५ निवासी गोरा रावतले बताए । नेपालगन्ज र सुर्खेत बाट हुम्लाका लागि हवाई उडान र्भर्र्दै आइरहेका निजी कम्पनीका जहाज गोमा एयर, तारा एयर र शिताएरले भाडादर एउटै तोकियता पनि अहिले विभिन्न कारण देखाउँदै निजी विमान कम्पन्नी र काग्रोमा काम गर्ने कम्पनीका मालिकहरुले मनपरि भाडा उठाउने गरेको सर्कैगाढ गाउँपालिका उपाधयक्ष जोशी धामीले बताउनु भयो । सुर्खेत बाट हुम्लाका लागि ५ हजार ८सय रुपायाँ लिने गरेको भय पनि हुम्ला जनउकता समाजले २सय नलिने निर्देशन दिए पछि २सय फिर्ता गरेको छ । हुम्ली जनएकता समाजका अध्यक्षय कलबहादुर लामाले अहिले सम्म २ वटा फलाईटको पैसा लिएको र अब देखि हुम्ला जाने यात्रु बाट रकम नलिने निर्देशन गरेको बताए । निजी विमान कम्पनीलाई उडानमा बिरामी, अशक्त, अपांग र विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरणको प्रवाधान समेत रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्