०८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश सरकारले रेडियो र टिभी संचालन गर्ने

Khabarsabaiko मंगलबार, फाल्गुण २८, २०७५

अर्जुन बोहरा
सुर्खेत कर्णाली प्रदेश सरकार आफैले रेडियो र टेलिभिजन संचालन गर्ने निणर्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कर्णाली प्रदेश सरकारकै नियन्त्रण रहने गरि रेडियो र टेलिभिजन सञ्चालनको लागि माग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश सभामा सञ्चार माध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेश गरेको हो । मन्त्रिपरिषदको बैठकमा सञ्चार माध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले ११ वटा संचार नितीको निर्णय गरेको छ । बैठकले खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक २०७५, सार्वजनिक निजी साझेदारीसम्बन्धीको विधेयक २०७५ र प्रदेश सेवामा खटिएका कर्मचारीलाई पदस्थापना गर्नलाई बनेको कार्य्विधि २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरिएको सामाजिक मन्त्रि दलरावलका स्वकीय सचिव नन्द रोकायाले जानकारी दिनु भयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेश स्तरीय गोदाम घर निर्माणका लागि स्वीकृति गरेको छ। बैठकले वहुवर्षिय ठेक्का बन्दोबस्तीसम्बन्धी निर्दे्शिका २०७५, बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी निर्दे्शिका २०७५ र उपभोक्ता संरक्षण गर्ने सम्बन्धी बनेको विधेयक मस्यौैदालाई पनि स्वीकृति प्रदान गरेको छ । यस्तै, कर्णाली प्रदेश आर्थिक कार्य्विधि ऐन २०७४ पहिलो संशोधन र कर्णाली प्रदेश योजना तर्जुमा मार्गदर्शन २०७५ लाई स्वीकृति प्रदान गरेको छ । उता संचार विधेयकमा भने कर्णालीका अधिकाँस जिल्लाका संचार संग परार्मश नलिएर मनोगत तरिकारले बनाउन लागेको आपती जनाएका छन । कर्णालीका १० वटा जिल्लाका अधिकाँस भौगलिक विकटता जिल्ला बाट छापा,विद्युतीय,अनलाईन,रेडियो,टिभी सामाजिक संचारका माध्यम बाट संचालन र पत्रकारीता व्यवसायमा लागेका पत्रकारको बारेमा समेत प्रदेश सरकारले सहज निति बनाउनु पर्ने आग्रह गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्