१६ चैत्र २०८०, शुक्रबार

मन्त्रिपरिषद् पुनर्गठनको लागि ओली र प्रचण्ड बीच छलफल

Khabarsabaiko मंगलबार, फाल्गुण २८, २०७५

खबरसबैको संवदाता
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा आफूहरुबीच मन्त्रिपरिषद् पुनर्गठनका विषययमा कुरा भएको प्रचण्डका प्रेस सल्लाकाहर विष्णु सापकोटाले बताए ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको बारेमा प्रधानमन्त्रीको मुल्याङकनमा भर पर्ने जानकारी गराए । सत्य कुरा के हो भने आज बिहान मात्रै प्रधानमन्त्री ज्यू र मेरो मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुराकानी भएको बताए । अब केही परिवर्तन गर्नुपर्ने भएकोले पनि प्रधानमन्त्रि र आफु बसेर हल हुने बताउनु भयो ।तर अहिले हतारो छैन गर्नैपरे दुवै अध्यक्षको सल्लाह अनुसारनै छलफल भएको नेकपाका अध्यक्ष नै प्रचण्डल बताउनु भयो । एक वर्षको अवधिमा अपेक्षा अनुसार काम गर्न नसके पनि पूर्वाधारका क्षेत्रमा भने काम भएको प्रचण्डलेबताउनुभयो । कानुन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन ल्याउन र सामाजिक सुरक्षाका कार्यक्रम लागु गर्न सरकार सफल भएको उहाँको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्