१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रिकै जिल्लामा टुंगो लगायो नेकपाको भागवण्डा

Khabarsabaiko बुधबार, चैत्र ०६, २०७५

खबरसबैको संवदाता
झापा नेपाल कम्युनिस्ट पार्टी नेकपाले झापाका स्थानीय तहहरूको नेतृत्व टुंगो लगाएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामो साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५ वटा स्थानीयतह पार्टीकमिटीको अध्यक्ष र सचिवको पद टुंगो लगाएको छ ।
जसमा ९ ओटा स्थानीय तहमा साविक एमाले र बाँकी ६ वटा माओवादीले अध्यक्ष पद पाएको छ । तत्कालिन एमालेले बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, कचनकवल, बाह्रदशी, कन्काई, कमल, गौरादह र दमकमा साविक नेकपा एमालेले अध्यक्ष र माओवादी केन्द्रले सचिव पद पाएका छन्। जसमा अध्यक्ष र सचिव पदमा क्रमशः बुद्धशान्तिमा टीका पाठक र प्रेम नेम्वाङ, अर्जुनधारामा प्रेमसागर सापकोटा र राजु शेर्मा, विर्तामोडमा ज्ञानु प्रसाई र मोहन कन्दङ्वा, कचनवकलमा तिलकबहादुर राई र दलबहादुर तामाङ, बाह्रदशीमा तोया पोखरेल, लक्ष्मी तिवारी, कन्काईमा रवीन्द्र लम्साल र विष्णु विमली, कमलमा भीम राई र रवीन गुरुङ, गौरादहमा मित्रदेव काफ्ले र माधव भट्टराई तथा दमकमा बोधप्रसाद घिमिरे र शंकर बस्नेत तोकिएका छन्।
माओवादीले अध्यक्ष पद पाएका स्थानीय तहमा मेचीनर, भद्रपुर, हल्दिबारी, झापा, शिवसताक्षी र गौरीगञ्ज रहेका छन्। यी स्थानीय तहमा सचिव साविक एमालेबाट छन्। अध्यक्ष र सचिवमा क्रमशः मेचीनगरमा माधव अर्याल र राजु पोखरेल, भद्रपुरमा शिवकुमार राजभण्डारी र बम्हलाल ढुंगाना, हल्दिबारीमा याम राई र हरी गौतम, झापामा रुद्र बजगाई र गजेन्द्र ताम्ली, शिवसताक्षीमा महेन्द्र भट्टराई र धनबहादुर थेवे तथा गौरीगञ्जमा विद्यानन्दसिंह राजवंशी र विष्णु न्यौपाने रहेका छन्।
स्थानीय तहका समिति गठनका क्रममा सदस्य भने बहुसंख्यक साविक एमालेले पाएका छन भने माओवादीले थोरेैमा चित बुझाउनु परेको छ ।
लामो समयको छलफलपछि मुख्य पदहरूको टुंगो लगाए पनि केहि केन्द्रिय नेताहरको एकल निणर्यमा गरिएको भागण्वाडा नमिलेको भन्दै आपती जनाएका छन । केहि स्थानीय तहमा जिम्मेवारी पाएका नाममा भने छिटै फेरबदल गर्नु पर्ने एक जना नेताले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्