१६ चैत्र २०८०, शुक्रबार

विप्लव कार्यकर्ता र प्रहरीबीच अछाममा गोली चल्यो

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

खबरसबैको संवदाता
अछाम

नेपाल सरकारद्धारा प्रतिबधित नेत्रविक्रम चन्द ‘विप्लव’कार्यकर्ता र प्रहरीबीच अछामको रामरोशनमा दोहोरो गोली चल्ेको छ । रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली हानाहान भएको हो ।
विप्लव समूह कार्यकर्तालाई प्रक्राउ गर्ने क्रममा पहिलो गोली बिप्ल कार्यकताले चलाएको भन्दै आफुले पनि चलाउनु परेको प्रहरीको भनाई छ ।
बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरीले चारजना लाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा विप्लप कार्यकताले ‘पहिला उनीहरुले गोली चलाएको त्यसको जवाफी कारवार्हिका लागि प्रहरीले बाध्य भएर गोलि चलाउनु परेको डिएसपी जनक शाहीले बताए । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन् ।
सरकारले प्रहरी पठाएर गाउँमा आंतक सिर्जना गरेको र उल्टै प्रहरी आफैले गोली हान्दै हिँडेको नेकपा अछामका इन्चार्ज शेरबहादुर बिकले बताउनु भयो । आफु माथि आक्रमको प्रयास गरेको तर विफल भएको छ भने केहि कार्यकर्ता नेता र स्थानीय बासिन्दा लाई पक्राउ गरेको आरोप लगाए ।

यहाँ कमेन्ट गर्नुहोस्