१६ चैत्र २०८०, शुक्रबार

असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

हस्त चौलागाई
कालीकोट—कालीकोटको शुभकालिका गाउँपालिकामा रहेका विपन्न र जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । कापी, कलम, झोला लगाएतका शैक्षिक सामाग्री उनीहरुलाई वितरण गरिएको हो । जेभिएर इन्टरनेश्नल कलेजको आर्थिक सहयोग र कर्णाली शहिद स्मृति प्रतिष्ठान कालिकोटको आयोजनामा गाउँपालिकामा रहेका दलित, विपन्न, अभिभावक नभएका एकसय ५० विद्यालय उमेरका बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको हो । शिशाकलम, कापी, कलम, झोला गरि एकजनालाई एकहजार रुपैयाँ वरावरको सामग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । विपन्न र अनाथ बालबालिकाका लागि १ करोड वरावरको भवन निमार्ण गर्न लागेको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्