१६ चैत्र २०८०, शुक्रबार

नयाँ नेपालले मनायो बार्षिक उत्सव

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

खबरसबैको संवाददात
सुर्खेतको वीरेन्द्रनगरबाट प्रकाशित हुने हाम्रो नयाँ नेपाल दैनिक पत्रिकाको १३ औँ बार्षिक उत्सव मनाएको छ ।
आज १२ बर्ष पुरा गरी १३ बर्षमा प्रवेश गरेको अवसरपारी पत्रिकाको कार्यालयमा आज एक कार्यक्रमका बिच उत्सव मनाएको हो ।हाम्रो नयाँ पत्रिका दैनिक २०६३ साल चैत्र १३ गते अर्थात आजकै दिनदेखि अहिले सम्म प्रकाशित हुँदै आएको सम्पादक गणेशकञ्चन भारतीले बताउनु भयो । भारतीले पत्रिकालाई १३ औ बर्षसम्म पु¥याउन सहयोग गर्ने कर्मचारी, सुवेच्छुक , पाठकवर्ग , स्तम्भकार ,लेखक लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन ।
बार्षिक उत्सवका अवसरमा पत्रिकाका कार्यकारी सम्पादक शेरबहादुर थापाले पत्रिकामा प्रकाशित हुने विभिन्न सामग्री मार्फत नागरिकको सुचना आफैले थाहा पाउँने अधिकारलाई पुर्ण प्रत्याभुत गरिरहेको बताए । पत्रिकाको बार्षिक उत्सवका अवसरमा विज्ञापनदाता सुवेच्छुक , पाठकवर्ग , विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुले पत्रिकालाई सफलताको शुभकामना दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्