१४ बैशाख २०८१, शुक्रबार

भेरी अस्पतालमै गुणस्तरहीन खाना खान बाध्य विरामी

Khabarsabaiko शुक्रबार, चैत्र १५, २०७५

खबरसबैको संवदाता
बाँके नेपालगञ्जको भेरी अस्पतालमा बिरामीलाई गुणस्तरहीन खाना दिएको खुलासा भएको छ । सरकारी अस्पतालमा विरामी भएर आएका विरामी लाई निःशुल्करूपमा खान खुवाउँदै आएको वेला विरामी लाई खाना राम्रो नदिएको बताएका छन । नेपालसरकारका मातहातमा संचालन अष्पतालमै नै बिरामीलाई गुणस्तरहीन खाना खान दिएको अहिले सम्म कसैले वास्ता नगरेको बताएका छन ।
बिरामी लाई अन्य अस्पतालमा उपचारका लागि लैजान नसक्ने गरिबी परिवारका हामी विरामीले सरकारी खाना खाना बाट आजित भएको बिरामीका आफन्तको भनाई छ । खानेपानी देखि लिएर विहान बेलुकी खाना खाने र अष्पताल हात भित्र सरसफाईको समेत कमि भएको उपचारमा संमलग्न विरामीका आफन्तले बताएका छन । अन्य अष्पताल भन्दा भेरी अष्पतालमा दहनिय अबस्था भएकोले विरामी लाई उपचारमा समस्या बनाएको नेपालगञ्ज–१० का गोपाल खत्रीले बताए ।
दूषित खाद्यान्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी वासुदेव ज्ञवालीको भनाइ छ।
विरामीलाई खाना दिने मापदण्ड बनायता पनि सरकारी निती फितलो बनाएको विरामीका कुरुवाले बताए । उता अस्पतालको भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउनका लागि ठेक्का लिएका ठेक्केदारले समेत लार्पावाही गरेको हुन सक्ने भेरी अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताउनु भयो । गएको बर्ष भन्दा यस बर्षमा सरकार द्धारा संचालित अष्पतालमा भने भने जस्तो मापदण्ड नअपानाएको बताएका छ न ।

यहाँ कमेन्ट गर्नुहोस्