१५ चैत्र २०८०, बिहिबार

कालिकोटको फार्मेसीमा औषधि अभाब, सेवाग्राही मर्कामा

Khabarsabaiko शुक्रबार, चैत्र १५, २०७५

हस्त चौलागार्इ
कालिकोट- जिल्ला अस्पताल कालिकोटमा औषधी अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुपर्ने औषधि नहुदा बिरामी निजि मेडिकलहरुमा चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन । अस्पतालमा औषधि अभाव हुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा औषधि किन्नु पर्दा बिरामीहरु मर्कामा परेका हुन् । औषधीको अभावहुदा अस्पताल वाहिरका निजि मेडिकलहरु वाट खरिद गरि विरामीलाई दिनु परेको अस्पतालमा संचालित फार्मेसिमा कार्यरत पुष्कर शाहीले बताउनुभयो । शाहीका अनुसार, फार्मेसिमा अहिले दैनिक जसो आवश्यक पर्र्नेे एन्टिबायटिक,दमका विरामिहरुका लागि चाहिने विटाटु,विकामियम, पिसाप पोल्ने विरामीहरुको लागि चाहिने अल्का लाइजर लगायतका औषधि अभाव छ । औषधीको माग गरेको महिनौं भइसक्दा पनि नआउँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाः भिष्म पोख्रेलले बताउनुभयो । प्रदेश महाहात अस्पताल गइसकेको छ । तर पनि अस्पतालको अवस्था नाजुक छ । जिल्ला अस्पतालमा विरामी वोक्ने एम्बुलेन्स पनि छैन । अहिले १५ शैयाको अस्पताल ५० शैयामा स्तरोन्नतीका लागि भवन निर्माण हुदैछ ।

यहाँ कमेन्ट गर्नुहोस्