१५ चैत्र २०८०, बिहिबार

सुनौलो हजार दिनका महिलाहरुलाई तरकारीको बिउ र बाल्टी वितरण

Khabarsabaiko शुक्रबार, चैत्र २२, २०७५

राज शाही
हुम्ला २२ चैत

हुम्लामा सिमकाेट गाउँपालिका वडा नं. ४ का सुनौलो हजार दिनका आमाहरुलार्ई तरकारीको बीउ तथा धारा जडित बाल्टी निशुल्क रुपमा बितरण गरिएको छ । महिला तथा बालबालिकाहरुको पोषणमा सुधार ल्याउन र शुद्ध खानेपानी पिउनका लागि उक्त सामाग्रीहरु आज वितरण गरिएको हो । सुनौलो हजार दिनमा सुत्केरी तथा गर्भवती महिला बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन, पोषण तत्व युक्त तरकारी खेती गर्न र शुद्ध खानेपानीको प्रयोगका लागि वडा भएका सबै सुनौलो हजार दिनका महिलाहरुलाई तरकारी र धारा जडित बाल्टी निशुल्क प्रदान गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक धुर्बराज सिंहले बताउनु भयो ।

यस बाट सिमकाेट गाउँपालिकाका एक दर्जन महिलाहरु लावान्भित हुनु भएको उहाँले बताउनु भयो ।तरकारी उत्पादन पश्चात बिभिन्न किसिमका पोषण तत्व पाउने उध्येश्यका साथ तरकारीका बीउ र धारा जडित बाल्टी पाएपछि सुनौलो हजार दिनका महिलाहरुलाई ठुलो स्वास्थ्य सुधारमा सहयोग पुग्ने स्थानीय महिला ललिता लामाले बताउनु भयो । उक्त वडामा वडा स्तरीय पोषण सुरक्षा तथा खाद्य सुरक्षा समिति पनि गठन गरिएको छ । साे वितरण सिमिकोट गाउँपालिका स्वास्थ शाखा वहुउद्देशिय पोषण कार्यक्रमले गरेकाे हाे।

 

यहाँ कमेन्ट गर्नुहोस्