१५ चैत्र २०८०, बिहिबार

हेलिकोप्टरसँग ठोक्किदाँ समिट एयरको विमान दृर्घटना

Khabarsabaiko आइतबार, बैशाख ०१, २०७६

काठमाडौं – समिट एयरको विमान दुर्घटनामा परेको छ । विमान लुक्लामा दुर्घटनामा परेको हो। समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो । विमान लुक्लाबाट रामेछाप आउँदै थियो । विमान आइतबार बिहान ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो । विमान मनाङ एयरको हेलिकोप्टरसंग ठोक्किएको हो । समिट एयरले दिएको जानकारी अनुसार टेकअप प्वाईन्टमा दूर्घटना हुँदा चालक दलका सदस्यहरु घाईते भएका छन् । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । समिट एयरले प्रारम्भिक जानकारीमा जहाजमा कोही पनि प्यासेन्जर नरहेको र चालक दलका सदस्य घाईते भएको भन्ने जानकारी आएको भएपनि त्यहाँ टेलिफोेन सम्पर्क हुन नसकेको कारण स्थितिबारे थप जानकारी प्राप्त नभएको बताएका छन् ।
जहाज लुक्लाबाट काठमाडौं आउन लागेको थियो । लुक्ला एयरपोर्टबाट उड्ने बेलामा दूर्घटना भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्