१६ चैत्र २०८०, शुक्रबार

नेविसंघ हुम्ला द्धारा सिमकोट बजार सरसफाई

Khabarsabaiko शुक्रबार, बैशाख ०६, २०७६

अर्जुन बोहरा सिमकोट हुम्लानेविसंघको स्थापना दिवसको अवसर पारी हुम्लाको सदरमुकाम सिमकोट बजार सरसफाई गरिएको छ । नेपाली कांग्रेस पार्टी निर्देशन अनुसार पार्टीको भातृ संगठन नेविसंघ हुम्लाले सिमकोटमा बजार आसपासमा सरसफाई गरेको नेविसंघ हुम्लाका अध्यक्ष धर्मराज जोशीले बताउनु भयो ।
नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवशको अवसरमा सिमकोट बजार सरसफाई गरेको छ । नेवि ख सघ हुम्लाको आयोजनमा शुक्रबार विहान सिमकोट माथिल्लो बजार हुँदै तल्लो बजारमा रहेको मुख्य सडकको छेउछाउमा रहेको फोहर लाई उठाएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति जिल्ला कमिटी नेपाली काँग्रस समर्थक कर्मचारी जिल्ला सुक्षा निकाया लगायतको सहभागितमा बजार सरसफाई गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्