१५ चैत्र २०८०, बिहिबार

कम्युनिष्ट स्थापना दिवस हुम्लाले पनि मनाउने तयारी

Khabarsabaiko शुक्रबार, बैशाख ०६, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
बैशाख ९ गतेका दिनमा कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवस कसरी मनाउने भन्ने बिषय लाई लिएर नेपाल कम्युनिष्ट पार्टी हुम्लाको बैठक सम्पन्न भएको छ । आज विहान नेपाल कम्युनिष्ट पार्टीको कार्यलयमा केन्द्रिय सदस्य विजय भण्डारीको अध्यक्षतामा बसेको बैठकले नयाँ बर्ष २०७६सालको शुभकामाना एवम कम्युनिष्ट स्थापना दिवस मनाउने तयारी गरेको छ ।
६८ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्काली राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उहाँको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो । कम्युनिष्ट स्थापना दिवस लाई लिएर हुम्लाका सबै गाउँपालिका जनप्रतिनिधी, विभिन्न गाउँपालिका कार्यकार्तार नेताहरु लार्ई दिवस मनाउन सहभागिका लागि अनुरोध गरिरएको कर्णाली प्रदेश सदस्य लोकबहादु हमालले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्