१५ चैत्र २०८०, बिहिबार

विवादकै विचमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Khabarsabaiko मंगलबार, बैशाख १०, २०७६

राज शाही सिमकोट हुम्ला
सिमकोट गाउँपालिका स्तरको अन्तर माध्यमिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्डको वालमन्धिर माध्यमिक विद्यालयले पहिलो स्थानमा जित्न सफल भएको छ । बैशाख ३ गते बाट संचालन भएको राष्ट्रपति रनिङ शिल्ड १३ इभिन्टरमा संचालन भएको खेलमा ७ वटा माविले भाग लगेका थिए । अन्तिम खेल भलिवल खेलमा आएर वालमन्धिर मावि र मानसरवर मावि विच विवाद भए पछि रोकिएको विवाद खेल गाउँपालिकाले समाधान गरि सम्पन्न भएको छ । प्र्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सबै भन्दा उच्च अंक ल्याएर बालमन्धिर मावि पहिलो स्थानमा आएको छ भने दोश्रो मानसरवर मावि र रलिङ मावि बरगाउँ तेस्रो भएको छ ।
भलिवल खेलमा कैलाश मावि प्रथम,दोश्रो वालमन्दिर माविर तेस्रो मानसरवर मावि विजेता भएको छ । छात्रा तर्फ प्रथम बालमन्दिर मावि,द्धितिया कैलाश मावि र मानसरवर मावि ते्रसो स्थानमा आएको छ ।
एथेलेष्टिकतर्फ छात्रमा मानसरोवर माबि प्रथम बिजेता भएका छन । प्रतियोगिताको भलिबलमा छात्रामा सर्बोत्कृष्टमा बाल मन्दिर माबिकी सत्यदेबी रावत र छात्रतर्फ कैलाश माबिका काली बहादुर सुनार, ऐथेलेष्टिकतर्फ छात्रमा मानसरोवरको अन्जन सुनार छात्रामा बालमन्दिर की पार्बती सुनार विजय भएका छन । बिजेता सबै खेलाडीहरुलाई मेडल, प्रमण पत्र र नगद पुरस्कार बितरण समेत गरिएको छ । कार्यक्रममा रलिङ, कैलाश, रामदेब र बालमन्दिर माबिका खेलडीहरुको सहभागिता रहेको थियो मानसरवर मावि अन्यया गरेको भन्दै मानसरोवर माबि सहभागि भएको थिएन । खेल विवादकै विचमा आज सम्पन्न भएको छ । रनिङ शिल्ड समापन तथा पुरूस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले विजेता माबि लाई सिल्ड प्रदान गर्नुका साथै सम्पुर्ण बिजयि विद्यार्थी खेलाडीहरूलाइ मेडल र प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्