१६ चैत्र २०८०, शुक्रबार

मन्त्री रावल आफैले २ जना विरामी महिलाकोउद्धार

Khabarsabaiko बुधबार, बैशाख १८, २०७६

अर्जुन बोहरा  बैशाख १८ गते
अतिरक्त श्राव भएकी निशा नेपाली र सुत्केरी वेथाले थलिएकी राजकला महतारा लाई नेपाली सेनाको हेलिकोप्टर बाट उद्धार गरिएको छ ।कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सामाजिक मन्त्रि दल रावले एकै दिन दुई जना अतिरक्तश्रव भएकी महिला र सुत्केर हुन नसकेकी महिलाको उद्धार गर्नु भएको छ । हुम्लाको चंखेली गाउँपालिका ५ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली लाई उच्च रक्तश्रावले थलिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।त्यसै गरि आजै हुम्लाकै अदानचुली गाउँपालिका १ कि राजकला महतारालाई सुत्केरी ब्याथा लागे पछि हेलीकप्टर द्धारा सुर्खेत लगिएको छ ।कार्णली प्रदेशका सामाजीक बिकास मन्त्री दल रावल आफै अदानचुली गाउँपालीक र चंखेली गाउँपालिका रहको हेलीप्याडमा आएर सुत्केरी ब्यथा लागेकी महतारा र अतिरक्तश्रव भएकी नेपाली लाई आज सुर्खेत लगिएको छ । चंखेली गाउँपालिका ५ स्थित मेल्छाम स्वाथ्य चौकीमा कार्यरत अनमी दाङको घोराही नगरपालिका १५ स्थाई घर भएकी ३३ वर्षीया निशा नेपाली लाई गृह मन्त्रालयको समन्वय र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र स्थानीय धुब्रबहादुर शाहीको पहलमा उद्धार गरिएको हो ।उता चंखेली गाउँपालिकामा पनि बिहिबार राती ११ बजे देखी सुत्केरी ब्यथा लागेको महतारालाई बिहान ६ बजे श्रनिगर स्वास्थ्य चौकी लगिएको थियो । उक्त स्वास्थ्य चौकीमा कार्यरत अ हे ब निर्मला थापाले यहाँ उपचार गर्न नसकिएकोले अन्य अस्पतालमा रिफर गरएिको बताईन । उहाँका अनुसार पेट भित्रको बच्चामा ब्यालेन्स नभएको र पहिले बच्चा निस्कीनु पर्नेमा साल नाल निस्केर बाहीर करिब १ केजी जती मासु बढेकोले उपकरणको अभावले सुत्केरी गराउनु नसकिएको बताईन् ।सुत्केरी ब्यथाले थला परेकी महतारा अदानचुली गाउँपालीका वडा नं १ का वडा सदस्य वर्ष महताराकी श्रीमती हुँन् श्रनिगर स्वास्थ्य चौकीले यसको उपचार यहाँ गर्न नसकिने भन्दै रिफर गरे पछि हेलीकप्टरको कुरा गरेको र अध्यक्ष ,उपाध्यक्ष दुबै जनाले सामाजीक बिकास मन्त्रालयमा कुरा गरी हेलीकप्टर मगाएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले बताउनु भयो । हुम्ला जिल्लाकै चंखेली गाउँपालीकामा पनि सुत्केरी लिएर जाने भएकोले दोस्रो फलाईट अदानचुलीमा भएको उपाध्यक्ष सौमती रावल ऐडीले जानकारी दिइन् ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार मंगलबार बिहानदेखि उच्च रक्तश्रावले थलिएकी अनमीलाई गृहमन्त्रालयसँग समन्वय गरी सामाजिक विकास मन्त्रालयले रकम व्यहोर्ने गरी जोखिममा परेकी अनमीको उद्धार गरिएको बताए । नेपालीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । यता अदानचुली गाउँपालीकाकी राजकला महतारालाई सुत्केरी ब्यथाले थलिए पछि आजै हेलीकप्टरबाट उद्धार गरीएको सामाजीक बिकास मन्त्री दल रावलले भयो । मन्त्री रावलले कर्णाली प्रदेशमा अब कोहि कसैलाई पनि रोग र भोगले मर्न नदिने बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्