१६ चैत्र २०८०, शुक्रबार

पहिलो पटक बर्डफ्लूकै कारणले एकजनाको मृत्यु

Khabarsabaiko बिहिबार, बैशाख १९, २०७६

खबरसबैको काठमाण्डौ, १९ बैशाख

नेपालमा बर्डफ्लूका कारण एकजनाको मृत्यु भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बर्ड फ्लूका कारण काभ्रेका एक २१ वर्षका युवकको मृत्यु भएको र यो नै नेपालमा बर्डफ्लू पुष्टि भएको पहिलो घटना भएको जनाएको छ ।स्वास्थ्य सचिव डा पुष्पा चौधरीले नेपालमा जाँच गर्दा ती युवकमा बर्डफ्लू पत्ता लागे पनि आफूहरूले पत्याउन नसकेर जापानमा गरिएको जाँचबाट पनि बर्डफ्लू भएको रिपोर्ट पत्ता लागेको जानकारी दिनुभयो ।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए । उनको ¥यालको परीक्षण काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको सचिव चौधरीले बताउनुभयो । मन्त्रालयले बर्डफ्लुबाट जोगिनका लागि सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
                                                        मासु खाँदा कसरी सर्छ बर्ड फ्लू संमानिस लाई
बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा पस्छ। संक्रमित पंक्षीले १० दिनसम्म रोग सार्न सक्ने भएकाले पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ । पंक्षीबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमै सर्ने कुरा आजसम्म एकिन हुन नसकेको चिकित्सकहरु बताउँछन् । रोगी पंक्षीको मासु, अण्डा, सुलीलगायत पदार्थबाट यो रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि यो रोग सर्छ। बसाइँ सर्ने चराको शरीरमा बर्ड फ्लूका जीवाणु सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लूका भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने भेटिएको छैन। तर पंक्षीबाट मानिसमा सर्ने गर्छ।मानिसमा यो रोग लागेमा मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ। कुखुराको मासु कति सुरक्षित ? धेरैले बर्ड फ्लू देखिएपछि पंक्षी (विशेषगरी कुखुरा) को मासु खानु हुँदैन भन्ने भ्रम छ । ‘राम्रोसँग सफा गरेर ७० डिग्री भन्दा माथिको तापक्रम मासुलाई पकाएर खाँदा केही जोखिम हुँदैन’ । पंक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने र रुघा लागेजस्तो लक्षण देखिन्छ । त्यससँगै नाक सुख्खा भइ सिँगान नबग्ने र श्वास फेर्न गाह्रो हुन्छ ।
                                                                             बर्डफ्लूबाट जोगिने उपायहरू
नियमित साबुन पानीले हात राम्रोसँग धुने, आफ्नो वरिपरिको वतावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने, प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जान पनि मन्त्रालयले आग्रह गरेको छ । बच्चाहरूलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्नुपर्ने, कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी मासु नचलाउन पनि आग्रह गरिएको छ । कम्तीमा पनि हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुने सचिव चौधरीको भनाइ छ । मासु काटीसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसङ्क्रमण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । ईपीडीमीयोलोजी रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेककुमार लालले कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा) बर्डफ्लूको भाइरस मर्छ । जङ्गली तथा घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशु स्वासथ्य कार्यालयमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । मृत पन्छी र तिनीहरूको सुलीबाट टाढा रहन र सुरक्षित रूपमा गाड्ने व्यवस्था मिलाउन पनि प्रमुख लालले आग्रह गर्नुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्