१५ चैत्र २०८०, बिहिबार

हिम पहिरोमा परि घाईते लाई हेलिकोप्टर मार्फत उद्धार

Khabarsabaiko बिहिबार, बैशाख १९, २०७६

खबरसबैको संवददाता बैशाख १९गते
हिमपहिरोमा परेर घाइते युवा लाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम जिल्लाको पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा९, खाराबाङका १७ वर्षीय सुजन खड्कालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खडेका बुधबार आफ्नै गाउँबाट डोल्पाको दुनै जाने क्रममा नजिकै हिमपहिरोमा परेर खड्का घाइते भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी गराउनु भयो । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा उनलाई बिहीबार उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । खड्कासँगै गएका अर्का एकजनाले हिमपहिरो स्थलबाट झण्डै ८ घण्टा हिँडेर उनको अवस्थाबारे गाउँलेलाई जानकारी गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्