१६ चैत्र २०८०, शुक्रबार

डियुटी खटिएको प्रहरी हल्दारको हुम्लामा मृत्यु

Khabarsabaiko शनिबार, बैशाख २१, २०७६

अर्जुन बोहरा सिमकोट बैशाख २१ ग्ते
हुम्ला जिल्ला प्रहरी कार्यलयमा कार्यरत एक प्रहरी जवनाको हृदयघातका कारण आज बिहान मृत्यु भएको छ ।
प्रहरी हल्दार खड्का विहान साढे ९ बजे जिल्ला प्रहरी कार्यलयमै डिउटीमा खटिएको समयमा एकासी विरामी भए पछि उपचारको लागि जिल्ला अष्पताल हुम्लामा लग्ने क्रममौ विच बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिनु भयो । मृत्यक खड्का हिदयघातकै कारणले मृत्यु भएको हुन सक्ने जिल्ला अष्पाताल कार्यलय श्रोतले जानकारी गराएको छ । मृत्यक हल्दार खड्का यस अघि पनि मुटु र प्रेसरको विरामी भईरहने भएकोले नियमित औषधी प्रयोग गरिरहेको समेत जिल्ला प्रहरी कार्यलय श्रोतले जानकारी गराएको छ ।
दैलेख जिल्ला नारायण नगरिपालिका १ निवासी ३२ बर्षिय प्रहरी हल्दार चन्द्र बहादुर खड्काको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलयमा हुम्लामा प्रहरी जवान भएर ११ महिना विताएका खड्का भरखरै प्रहरी जवना बाट प्रहरी हल्दार पदमा बढुवा हुनु भएको थियो । मृत्यक खड्को लाश प्रहरी केन्द्रिय कार्यलयको पहलमा र जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा मृत्यकै गृह जिल्ला दैलेख नारायाण नगरपालिकामा हेलिकप्टर द्धारा पुराउने पहल भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताउनु भयो । मृत्यु खड्को लाश जिल्ला अष्पातालको शब गृहमा राखिएको छ । मृत्यक खड्का के कारणले मृत्यु भएको दैलेखैमा पोष्मार्ट गर्ने मृत्यकका घरपरिवारले जानकारी गराएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्