१६ चैत्र २०८०, शुक्रबार

जनप्रतिनिधी द्धारा विद्यालयमा निमार्णधिन शौचालय अनुगमन

Khabarsabaiko आइतबार, बैशाख २२, २०७६

मिगुर लामा बैशाख २१ गते
विद्यालय क्षेत्र लाई पूर्ण ससफाईको अबस्थाको बारेमा जनप्रतिनिधी द्धारा निमार्णधिन शौचालयाको अनुगमन गरेको छ। सिमकोट गाउँपालिका वडानं ५ र ६मा रहेका भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता आधारभुत विद्यालयमा निमार्ण गरिएका शौचालय र वालमैत्रिपूर्ण खानेपानी धारको अनुगमन गरिएको हो ।सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको नेतृत्वमा गएको एक टोलिले युनिसेफ नेपाल र छाया नेपाल नामक संस्थाको आर्थिक सहयोगमा र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र (क्क्ष्म्ऋ ) प्राविधिक सहयोगमा निमार्णधिन शौचालय र वालमैत्री खानेपानीको धाराको अवस्थाको बारे अनुगमन गरेको छ ।
हुम्ला जिल्ला लाई ४३ औ जिल्लाका रुपामा २ बर्ष अगाडि खुला दिसा मुक्त जिल्ला घोषण भईसकेको छ । तर गाउँमा अझै पुरानै अबस्थामा दोहोरीएको छ । उता शनिबार जनप्रतिनिधीकै नेतृत्वमा बिद्यालयको सरसफाईको अबस्थाका बारेमा बुझ्न अनुगमन गरिएको स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले बताए । तर अन्य निमार्णधिन सन्तोषजनक नभयता पनि कालाशिल्ता प्राविमा निमार्ण भएको वालमैत्री खानेपानीको धारा नमुना योग्या भएको अनुगम टोलिले ठहर गरेको छ । युनिसेफ नेपाल र छाँया नेपाल नामक संस्थाका बिद्यालय सुधार परियोजना अन्र्तगत सिमकोट गाउँपालिकाका भिमसेन, कालाशिल्ता र रलिङ्ग माबिका बरगाउँका लागि ३ लाख र अन्य बालबिकास, पंचमुखी, महाकाल र सिदार्थ आधारभुत विद्यालयका लागि खानेपानी र शौचालय मर्मतका लागि ७५ हजार सहयोग गरिएको छ ।
अनुगमनमा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, उपाध्य वली रावत, वडा अध्यक्ष कृष्ण बोहरा,जयचन्द रोकाया र संचारकर्मि लगायतको सहभागिता अनुगमन गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्