१६ चैत्र २०८०, शुक्रबार

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधिश हुम्लामाः विभिन्न निकायको निरिक्षण गर्ने

Khabarsabaiko आइतबार, बैशाख २२, २०७६

 राज शाही, हुम्ला २२ बैशाख

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधिश सहित ४ सदस्यिय टोली हुम्ला आएको छ ।  हुम्लाका जिल्ला अदालत सहित जिल्लाका अर्धन्यायिक निकायहरुको निरिक्षणका लागी मुख्य न्यायाधिश रत्नबहादुर बाकचन, अधिकृत जनकी रमण यादव, रामश्वर चौलागाइको टोली रहेको छ ।

निरिक्षण टोलीले आज हुम्ला जिल्ला अदालतमा रहेका देवानी फौजदारी चालु तथा मुलतवि रहेका मुद्दाहरुको निरिक्षण गरेको छ ।  भोलिको निरिक्षण तालिका अनुसार जिल्ला कारागार सहित अन्य अर्धन्यायिक निकायको निरिक्षण गर्ने कुरा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैयसवालले जानकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्