१५ चैत्र २०८०, बिहिबार

ताँजकोट गाउँपालिका ५ वडा लाई मदिरा निषेधित क्षेत्र घोषणा

Khabarsabaiko शुक्रबार, जेठ १०, २०७६

अर्जुन बोहरा सिमकोट
हुम्ला जेष्ठ १० गते
हुम्लाको ताँजकोट गाउँपालिकामा अवैध मधिरा बिक्री वितरण भईरहेको गुनासो आइरहेको बेला वडानं ५मदान गाउँ लाई आजदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडापालिका पदाधिकारी सुरक्षा निकाया,राजनैतिक दलका स्थानीय प्रतिनिधि, बुद्धिजिवी, शिक्षक, व्यापारी र स्थानीय बासिन्दाहरुको संयूक्त भेलाले निर्णय गरेको हो । शुक्रबार गरेको भेलाले वडा अध्यक्ष बर्ख बढाको संयोजनमा वडा स्तरिय मुल मदिरा तथा जुवा तास निषेधित समिति समेत चयन गरेको छ ।घोषण सभाको भेलाबाट मदिरा सेवन गर्नेलाई पहिलो पटकका लागि खानेलाई २५सय र बिक्री गर्नेलाई ५ हजार जरिवाना तोकेको छ ।त्यसै गरि जुवातास खेल्ने लाई २हजार खेलाउने लाई ४ हजार जरिवान तोकिएको छ । फेरि गल्ती दोहोरिएमा पहिलो जरिवानाको दोव्वर जरिवाना गरिने र तेस्रो पटक पनि मदिरा विक्रिवितरण र सेवन गर्नेलाई मदिरा ऐनअन्र्तगत कार्वाहीका लागी जिल्लामा पठाउने निर्णय गरिएको छ । गाउँमा अवैध जाँड घरेलु तथा चाईनिज रक्सी आसारपोसार र सेवन सँगै जुवातास खेल्नेखेलाउने संख्या बढ्न थालेपछि हुम्ला ताँजकोट गाउँपालिकाकै दोश्रो वडाको रुपामा मधिरा , जुवातास निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्षबुढाले बताउनुभयो । जुवातास खेल्नेलाई जुवाको खालमा बस्दा प्रयोग हुने नगद तथा जिन्सी सबै सामान जफत गरि कानुनि कार्वाहीका लागि सम्बन्धित कार्यालयमा सिफारीस गर्ने निर्णय गरेको अध्यक्ष बुढाले बताएका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्