१६ चैत्र २०८०, शुक्रबार

नापी कार्यालय हुम्ला द्धारा सेवाग्राही लाई सम्मान

Khabarsabaiko बुधबार, जेठ १५, २०७६

अर्जुन बोहरा

हुम्ला जेष्ठ १५ गते
नापि बिभागको स्थापना दिबसको अबसर पारी नापि कर्यालय हुम्लाले डिजिटल प्रविधी सेवा बाट सेवाग्राही लाई आज अविर लगाएर सम्मान गरेको छ ।
सिमकोट गाउँपालिका ३ निवासी सुनकला रावले आफनै नामको कित्ताकाट नक्शा डिजिटल प्रविधि मार्फत दिएको नापी कार्यलय प्रमुख रामकृष्ण शाहीले बताउनु भयो । सोमबार बाट नापी कार्यलय बाट हुने हरेक सेवा हरेक दिन सेवाग्राहीले डिजिटल प्रविधी मार्फत सेवा पाउने भएका छन । सेवालाई प्रभावकारी र सेवाग्राही मैत्री बनाउनको लागि नापी कार्यालय, हुम्लाले आफ्ना सेवाग्राहीहरुलाई डिजिटल प्रविधि मार्फत सेवा दिन थालेको कार्यलय प्रमुख शाहीले बताउनु भयो । पुरानो झनझटीलो हुने र कर्मचारी अभावकै कारणमा यो प्रविधी बाट हरके दिन आउने सेवाग्राहीले सहजरुपमा यो सेवा उपभोग गर्न पाएका बताउनु भयो ।
सेवाग्राहीलाई छिटो छरितो र गुणस्तरिय सेवा प्रदान गर्न डिजिटल प्रविधी मार्फत कित्ताकाट, नक्सा तयार गर्ने काम सुरु गरेको छ । डिजिटल प्रविधि मार्फत सेवा प्रदान गर्दा सेवाग्राही र कार्यालयमा काम गर्न सहजहुने गरेको कार्यालय प्रमुख शाहीले बताउनु भयो । हुम्लाका ७ वटा गाउँपालिकाको पुरानो कित्ताकाट नक्सा कम्प्यूटरमा अपडेट गर्ने काम भईरहेको कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्