१५ चैत्र २०८०, बिहिबार

कर्मचारीको तलब बढ्यो सहयोगीको १९ हजार, मुख्यसचिवको ६५ हजार

Khabarsabaiko बिहिबार, जेठ १६, २०७६

खबरसबैको संवादाता काठमाण्डौ

१५ जेठ, काठमाडौं ।

सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।सरकारले विभिन्न पदमा फरक(फरक अनुपातमा आधारभूत तलब बढाएको छ । राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको छ ।राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बढेको हो । वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ भने सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ । कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ। बढेको तलब आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुनेछ । दुई वर्षयता कर्मचारीको तलब बढेको थिएन ।

यहाँ कमेन्ट गर्नुहोस्