१५ चैत्र २०८०, बिहिबार

हुम्ला सदरमुकाम सडक सञ्जालमा एक बर्ष पछि जोडिने

Khabarsabaiko बिहिबार, जेठ १६, २०७६

काठमाडौं सरकारले आगामी आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमीकोटलाई सडक सञ्जालले जोड्ने भएको छ । निर्माणाधीन हुम्ला सिमीकोट सदरमुकाम सडकलाई पूरा गरी ७७ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । कर्णालीका सबै जिल्लामा सडक सञ्जाल पु¥याउने लक्ष्य राखेको सरकारले पछिल्ला दिनमा निर्माण भएका सडकको स्तरोन्नति गर्ने कामलाई समेत विशेष प्राथमकितामा राखेको छ । हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण कार्य अगाडि बढाउने लक्ष्य राखेको सरकारले भौगोलिक आबद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी सडक क्षेत्रलाई महत्व दिइएको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा विकासको पूर्वाधारका रुपमा सडक यातायात सञ्जाललाई  विस्तारलाई महत्व दिएका छन् ।  चीन र भारतसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासका लागि आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण गरिने विषयलाई बजेटले उच्च प्राथमिकतामा राखेको छ ।
हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको सुरक्षित गतियुक्त सडकका रुपमा विस्तार गर्ने विषयलाई बजेटले सम्बोधन गरेको छ । आगामी वर्ष बुटवल–नारायणगढ खण्ड र कमला कञ्चनपुर खण्डको निर्माणलाई तीव्र पार्ने तथा बाँकी खण्डको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गर्दै पूर्व, मध्य र पश्चिमतर्फबाट निर्माण कार्य शुरु गरिने भएको छ । त्यसका  लागि रु १९ अर्ब १८ करोड बराबरको बजेट व्यवस्था गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्