१६ चैत्र २०८०, शुक्रबार

स्वर्गको आन्नद लिने ठाउँ एकमात्र कैलाश–मानसरोवर

Khabarsabaiko बुधबार, जेठ २२, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
हिन्दुधर्मलम्बी र बौद्धधर्मलम्बीहरुको धार्मिक आस्थाको केन्द्र मानिएको कैलाश मानसवर दर्शन गर्नेको संख्या यति खेर घुइच्चो लाग्ने गरेको छ । चीनको स्वाशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर दर्शन तथा भ्रमण गर्ने धार्मिक पर्यटकहरूको संख्या बढेको छ । छिमेकी देश चीनको तिब्बतमा रहेको पवित्र धार्मिक तिर्थस्थल कैलास मानसरोवर जाने तीर्थयात्रुहरूले सहजै रुपमा दर्शन गर्न पाएका छन ।
चीनसँग सीमा जोडिएका हुम्ला, बझा र दार्चुलाका बासिन्दाहरूले भने जिल्ला प्रशासन कार्यलयले सिमा प्रवेशको लागि सिमापास दिँदै आएको छ । तर स्थानीय प्रशासनले दिएको सिमापासले तिब्तको सिमान देखि तिस किलो मिटर क्षेत्रसम्म प्रवेश गर्न पाउँछन् । तर सिमा जोडिएको जिल्ला बाहेक अन्य जिल्ला र बाहिरी देशका नागरिकले भने भिषा लगाएर तिब्तमा छिर्नु पर्ने हुन्छ ।
संसारकै सबैभन्दा उच्च स्थानमा रहेको पवित्र जलको उद्धगमस्थल कैलाश पर्वत र मानसरोवर ताल नै हो । हिन्दुशास्त्रमा मानव जिवनमा पवित्र जलको उत्पत्ति, जगतको सृष्टिकर्ता र ब्रम्हाजीले भगिरथको तपस्याबाट खुसी भई मानसरोवर सृष्टि गरेको शास्त्रमा उल्लेख गरिएको छ।
उच्च स्थानमा रहेको कैलाश पर्वत र मानसरोव ताल सृष्टिसँगै विश्व जगतको सृष्टि निर्माणको शुरु मानिन्छ । मानसरवर ताल भनेको शाब्दीक अर्थ मानस मानिस बस्ने र सरोवर पानी जम्मा भएको पानीको ताल लाई बुझिन्छ । वास्तवमा समुद्र सतहबाट ४५५९ मीटर उचाईमा रहेको यस पवित्र मानसरवर तालको क्षेत्रफल ३२० वर्ग कि.मी. फैलिएको देखिन्छ । मानसरवर देखि ४० किलोमिटर उतरमा कैलाश पर्वत अबस्थित छ । हिन्दुधर्मलम्बीहरु र बौद्धधर्मलम्बीको आस्था भगवान विष्णुको बास बस्ने स्थान भएको प्रमाणित गर्छन ।
कैलाश मानसरवर दर्शनको जेष्ठ पहिलो हप्ता देखि कार्तिक महिनाको अन्तिम हप्ता सम्म उपयुक्त समय मानिन्छ । कैलाश पर्वत भगवान शिवशंकर र मानसरोवर ताल लाई शान्तिको प्रतिक वा पार्वतीको प्रतिकको रूपमा लिएको छ । उता राक्षेस ताल लाई भने शक्तिको प्रतिक मानिन्छ । जहाँ विभिन्न रण कौशल, नयाँ अवतार,नयाँ विकास गर्नको लागि राक्षेस तालको जल स्नान गरेमा राम्रो हुने विश्वास छ । हरेक बर्ष देवी देवताहरू, मानिसको पाप पखाल्नको लागि कैलाश मानसरवरमा जाने धार्मिक विश्वास छ ।
धार्मिक विश्वास अनुसार राती मध्यहनको समयमा माता पार्वती तारा रुपी प्रकाशको भेषमा स्ननान गर्न आउने गरेको तिब्बतको ताक्लाकोटका गेजिङ्ग गाउँ निवासी छिमेल तामाङले बताउनु भयो । कयौ गुण स्वच्छ निश्चल पवित्र पानी भएकाले अलौकिक गुण र शक्तिको प्रतिक भएको शास्त्रमा उल्लेख गरेका छन । मानिस जन्मे पछि मरुन्जेल सम्म एक पटक पुग्नै पर्ने धार्मिक तिर्थस्थल कैलाश मानसरवर रहेको तामाङले बताए । मानसरोवर तालमा पुरै शरीर नुहाएमा सात जुनीको पाप नष्ट हुने र जल खानाले भगवानको शक्ति प्राप्त हुन्छ भने धार्मिक शास्त्रमा उल्लेख भएको छ ।
संसारको सबै भन्दा पठार भुमि हिंमश्रखला र विचमा ठुलो कैलाश पर्वत र दक्षिणमा एक शक्तिको प्रतिक राक्षेस ताल र शान्तिको प्रतिक मानसरवर ताल काखमा छन । मानव जाति हरेक सुख दुःख जेजस्तो भए पनि स्वर्गको आन्नद लिनेको लागि विश्वको एक मात्र ठाउँ कैलाश–मानसरोवर लाई लिने गरेका छन ।
यस ठाउँमा महत्वपूर्ण औलौकीक धार्मिक पर्यटक हिसाबले चर्चामा छ । तिब्बतको पठार भुमि सुन्दर र आश्चर्यजनक ठाउँहरुको भ्रमणको लागि विश्व भरिका मानिसहरु विभिन्न बाटो भएर धार्मिक यात्र गर्न आउने गरेका छन ।
कैलाश मानसरोवरकै छोटो मार्ग हुम्ला
हिन्दु र बौद्धधर्मलम्बी लागि पवित्र तीर्थस्थल कैलाश मानसरोवर संग अटुट सम्बन्ध छ। चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरमा वर्षेनी लाखौको संख्यामा हिन्दु र बौद्ध धर्मावलम्बीहरु दर्शन गर्न पुग्छन् । बढि दर्शन गर्ने जानेमा हिन्दुधर्मका भारतीय नागरिक छन भने सिमाना जोडिएका जिल्लाका हिन्दु र बौद्धलम्बीहरु छन । मानव जिवनमा एक पटक अनिवार्यरुपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आफना मृत्यक पृती आत्म चोख्याउने, देवीदेवताको पुजाआज र जिउँदै मानिस स्वर्गमा जान्छ भन्ने धार्मिक विश्वासले पनि हरेक बर्ष जाने गरेका छन ।
हरेक बर्ष भारतीय तीर्थयात्री कैलाश मानसरोवर दर्शनको लागि लाखौं रुपैयाँ खर्च गरेर कैलाश मानसरवरको मुलद्धारा हुम्लाको सिमकोट हुँदै चिनको तिब्बतको पुराङ कन्ट्रिमा पुग्ने गरेका छन्। भारतका विभिन्न प्रदेश बाट बाँकेको जमुनाहा रुपाडिया हुँदै नेपालगन्ज विमानस्थलमा पुग्छन । एकै दिनमा सिमकोट विमानस्थलमा पुगे पछि केहि घण्टा आराम गरि फिस्टेल एयरको हेलिकप्टर बाटै ८ मिनेटमै सिमानमा रहेको हिल्सा नाकामा पुग्छन । हिल्सामा पुगेलगतै विहान १२ बजे चिनको तिब्तको कैलाश दर्शन र पछिल्लो समयमा मानसरवर धार्मिक यात्रा गरि सिमकोटमै फर्कने गरेको सिमकोट होटल व्यबसाय गर्दै आउनु भएका प्रकाश रावतले बताउनु भयो । कैलाश मानसरोवर यात्राका लागि बैशाख महिना देखि देखि कार्तिक महिना सम्म उपयुक्त सयम हो । नेपालगन्ज हुँदै सिमकोट हिल्सा देखि कैलशा मानसरवर सम्म आतेजाते गरि जम्म ४ दिन भित्रै भारतिय तिर्थयात्री फर्कने गरेका छन । अन्य नाका भन्दा हुम्लाको हिल्सा नाका सहज र जमिनमा पाहिला नै नटेकि कैलाश दर्शन गर्ने हवाई साधन भएकोले सहज भएको हो । भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन्। एउटा मार्ग नेपालगञ्ज हुँदै सिमिकोटसम्म हवाईजहाजको यात्रा हो । सिमकोट विमानस्थल पुगेलगतै तीर्थयात्रीले सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरको यात्रा गर्नुपर्छ। उता चिनको तिब्बतको कैलाश मानसरवर जानको लागि सिमानमै ४मिनेटको बाटोमा सुविधायुक्त गाडीमा सवार हुन्छन । भारतीय तीर्थयात्रीले अंगालेको अर्को स्थलमार्ग काठमाडौंको कोदारी राजमार्ग तातोपानी हुँदै ल्हासासम्म गाडी चढ्नु पर्छ। तर त्यहाँ हप्तौ दिन लगाएर ताक्लाकोटमा रहेको कैलाश मानसरवर दर्शन गर्न पुग्छन , जहाँ आतेजाते गरि १४ दिन लाग्ने गरेको भारतिय तिर्थयात्रीले बताएका छन । उता नेपालकै पश्चिम सिमानमा रहेको दार्चुला बाट पैदल बाटो भएर जानुपर्छ । बास्तवमा भारिितय तिर्थयात्री लाई हुम्लाको सिमकोट बाट भएर जान छोटो दुरी रहेको छ । हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका सिमाना नै तिब्बतको कैलाश मानसरवर ताल संग जोडिएको छ । बिशेष गरि लिमी लाप्चा भन्ने स्थान बाटै पनि कैलाश मानसरवर आफनै भुमिबाट दर्शन गर्ने गरेका छन ।
हवाई उडानको बढ्यो चाप
यो सिजनमा हुम्लाको सिमकोट विमानस्थलमा निजी कम्पनीका जहाजहरु र निजी कम्पनीका हेलिहरु व्यस्त रहेका छन । नेपालगन्ज बाट सिमटीएयर,सिता,तारा एयरका विमान कम्पनीका लगायतका जहाजहरु एक दिनमा २० फलाई भन्दा बढि उडान भर्दै आएका छन ।
दिनैकै सिमकोट हुँदै उतरी तिब्त संग जोडिएको हिल्सा सिमाना सम्म सिम्रिक एयर,सुमिटका र माउण्टेनको गरि ५ वटा हेलिकप्टर सिमकोट विमानस्थलमै नाईट स्टेन बसिररहेका छन । विहान देखि वेलुकी सम्म सिमकोट हुँदै नाम्खा गाउँपालिको हिल्सा सिमाना सम्म उडान भर्दै आईरहेको सिम्रिक एयरका पश्चिम नेपाल प्रमुख कमल गौतमले बताउनु भयो । गत बर्ष १२ हजार भारतिय तिर्थयात्री हुम्लाको सिमकोट हुँदै तिब्बतको ताक्लाकोटमा रहेको कैलाश मानसरवर दर्शन गरेका थिए भने यस बर्ष १० हजार मात्र आउन सक्ने आंशका गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्