१५ चैत्र २०८०, बिहिबार

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Khabarsabaiko मंगलबार, आषाढ ०३, २०७६

अर्जुन बोहरा सिमकोट असार ३ गतेखार्पुनाथ गाउँपालिका ५ वडा याक्चु गाउँमा रहेको जोगराज आधारभुत विद्यालयका ३४ जान विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । मानसरोवर बहुमुखी क्याम्पस हुम्लाका क्याम्पस प्रमुख बसन्त रोकायाले कक्षा तीनसम्म अध्ययनरत गर्ने विद्यार्थीलाई स्टेशनरी सहयोग गरेका छन् । आफ्नो वार्षिक कमाईको केही भाग शिक्षा क्षेत्र तथा असहाय व्यक्तिका लागि लगानी गर्ने उद्देश्यका साथ क्याम्पस प्रमुख रोकायाले खार्पुनाथ गाउँपालिकाको जोगराज आधारभुत विद्यालयका विधार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।यस अघि पनि प्रमुख रोकायाले एकल तथा असहाय नागरिकलाई कम्बल, चामल सहयोग गर्दै आएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्