१५ चैत्र २०८०, बिहिबार

नेकपाले तिर्ने भयो हेलिकप्टरको भाडा

Khabarsabaiko मंगलबार, आषाढ १०, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल र कर्णालीकै अध्यक्ष गोरख बहादुर बोगटी सहित नेताहरुले चढेको हेलिकप्टरको भाडा नेकपा हुम्ला पार्टीले तिर्ने भएको छ ।
नेकपा हुम्लाले एक विज्ञप्ती प्रकाशित गर्दै नेताहरुले चढेर आएको नेपाली सेनाको हेलिकप्टरको २ लाख ५० हजार भाडा पार्टीको तर्फबाट भुक्तानी गरिने विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।
नेकपाका जिल्ला अध्यक्ष लालकेश जैशीद्धारा हस्ताक्षरित गरेको विज्ञप्तीमा मार्फत पार्टीले कुनै पनि राज्य कोषबाट खर्च नहुने गरी नेपाली सेनाको हेलिकप्टर उडान बापत लाग्ने रकम रु २५०००० (दुई लाख पचास हजार) जिल्ला पार्टीले नै व्यहोर्ने गरि प्रदेशका नेताहरु लाई जिल्लामा निमान्त्रणा गरेको बताउनु भयो ।
पार्टी कार्यक्रममा हेलिकप्टर प्रयोग गरेको विभिन्न संचार माध्यममा प्रकाशित भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएका नेकपा हुम्लाले बताएको छ ।
गएको असार ७ गते सुर्खेतबाट कुनैपनि हवाई जहाज उडान नभरेपछि नेकपा हुम्ला र कालिकोट जिल्लामा पहिलो पार्टी बैठकको लागि पनि हेलिकप्टर प्रयोग गर्नु परेको खुलासा गरेको छ ।
कर्णाली प्रदेशका नेकपाका अध्यक्ष, मुख्य मन्त्रि सहित मन्त्रि र नेताहरु लाई हेलिकप्टर उडानको भाडा व्यहोर्ने विभिन्न संचारमा प्रकासित समाचारलाई अन्दाज र पुर्वाग्रह भएको आरोप लगाएको नेकपा हुम्लाले यस्तो पत्रकारितालाई निरुत्साहित गर्न पत्रकार महासंघ हुम्लालाई आग्रह गरेको छ ।
नेपाली सेनाको प्रयोग गरेको हेलिकप्टरको एकमुष्ठ भाडा नेपाली सेनाको हेडक्वाटरको खातामा आइसकेको खुलासा गरेको छ । तर नेपाल सरकारका माताहतमा रहेको हवाई जहाज देखि हेलिकप्टर समेतले प्रधानमन्त्रि देखि मन्त्रि र विभिन्न उद्धारका नामन उडान भरेको भाडाको शुल्क अहिले सम्म सार्वजनिक नगरेको समते खुलासा गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्