१६ चैत्र २०८०, शुक्रबार

दश दिन देखि घरबाट निस्कीयकी तामाङ बेपत्ता

Khabarsabaiko शनिबार, आषाढ १४, २०७६

दाने बोहरा

हुम्लाको चंखेली गाउँपालिका ५ स्थित नेप्का गाउँकी एक महिला १० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुने चंखेली गाउँपालिका ५ नेप्का गाउँकी अन्दाजी २४ वर्षीय जुना तामाङ रहेकी छन् ।गाउँ भन्दा १ घण्टा टाढा रहेको मुसीयडा भन्ने स्थानमा काम गर्न गएकी तामाङ बेपत्ता भएको स्थानीय गोर्खबहादुर तामाङले जानकारी दिएका छन् । आमासँग साथमा गएकी छोरी मात्रै फिर्ता घरमा फिर्ता आएको तामाङले बताए । घर फर्किदै गरेकी तामाङ बाटोमा हिडने क्रममा लडेर कर्णाली नदीमा बेपत्ता भएको हुन सक्ने स्थानीयहरु बस्न्दिाले आकलन गरेका छन् । गाउँका सबै स्थानीयबासीहरु वन लसुन संकलन गर्न वनतिर गईसकेका छन् । गाउँमा वृद्धावृद्धा बालबालिकाहरु मात्रै गाउँमा रहेको स्थानीय भैरव तामाङले बताए । घटना स्थल सदरमुकाम सिमकोट देखि ३ दिन पैदल टाढाको दुरी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्