१३ बैशाख २०८१, बिहिबार

हुम्लाका युवाद्वारा लिखित छोट्टी उपन्यास विमोचन

Khabarsabaiko बुधबार, आश्विन २४, २०७५

असोज २४ गते खबरसबैको डटकम काठमाडौं

कर्णालीका छोट्टी (केटी) हरूको समस्या, धार्मिक, साँस्कृतिक र परम्परागत चालचलन रहनसहन र छाउपडी जस्ता विषयवस्तु समेटी लिखित छोट्टी उपन्यास काठमाडौंमा एक औपचारीक कार्यक्रम सहित विमोचन गरिएकोछ ।

कार्यक्रममा खार्पुनाथ गा.पा, हुम्लाका लेखक बखत बहादुर शाहीले उपन्यासका बारेमा बोल्दै यो उपन्यास मार्फत कर्णालीका महिलाका समस्या तथा उनिहरु प्रति समाजको दृष्ठिकोण प्रस्तुति गर्नखोजेको कुरा व्याक्त गर्नु भयो।  कार्यक्रमका प्रमुख अतिथि तथा ने.का.का केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री अर्जुनरसिंह के.सी.ले यो उपन्यासले कर्णालीका महिला वा छोट्टीका समस्या, संस्कार,चालचालन र रहनसहन नेपालका सवै माझ पुग्ने कुरा व्याक्त गर्नुभयो, सो कार्यक्रम सिखा प्रकाशन का अध्यक्ष पुष्प पौडेल को अध्यक्षतामा सञ्चालन भएको थियो । साे कार्यक्रममा हुम्ला लगायत विभिन्न स्थानका साहित्य प्रेमि व्याक्तिकाे उपस्थिति रहेकाे थियाे ।

यहाँ कमेन्ट गर्नुहोस्