१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा पनि प्रभु बैंक शाखा विस्तार

Khabarsabaiko बुधबार, आषाढ २५, २०७६

प्रभु बैंक लिमिटेडले हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ याँक्चुकुनमा आफनो शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्दघाटन औपचारीकरुमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले गर्नु भयो । प्रभु बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन गर्दै रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी व्यक्त गर्नु भयो । आजै विधीवतरुपमा २०० औ शाँखाकोरुपमा बैक स्थापना गरिको बैकका मेनेजर लोकेन्द्र बहादुर शाहीले बताउनु भयो । कर्णाली प्रदेशस्तरीय प्रभु बैंक लिमिटेडका प्रमुख सरधराज तिमिल्सीनाले यस बैकले ग्रामिणस्तर वितीय कारोबारो गर्ने बताउनु भयो ।
गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आएपछि यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने भएको छ । बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्