१६ चैत्र २०८०, शुक्रबार

सेनाद्धरा क्याम्पस लाई निशुल्क खानेपानी धारा हस्तान्तण

Khabarsabaiko बिहिबार, आषाढ २६, २०७६

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको लागि नेपाली सेनाले निशुल्क धारो निर्माण गरीदिएको छ ।नयाँ भैरवी दल गुल्म रानीवन ब्यारेक हुम्लाले खानेपानीको ट्यारकी र तिन वटा धारो निर्माण गरी क्याम्पस प्रमुख बशन्त रोकाया लाई हस्तान्तरण गरको छ ।

तिन लाखाको लागतमा २ हजार ५ सय लिटरको टयाङ्ककी र धारो निर्माण गरेर मानसरोवर बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको नयाँ भैरवी दल गुल्मका गुल्मपति (सेनानी) निश्चल पाठकले बताउनु भयो । मानसरोवरको प्रवेशद्धरा हिल्सा नाकामा हेलिप्याड र धार्मिक तिर्थस्थल खार्पुनाथमा शौचालय निर्माण लगायतका सामाजिक सेवामा अग्रसर भएको छ ।

खानेपानीको धारो हस्तान्तरण कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार ंपोखरेलले नेपाली सेना सामाजिक काम जहिले तलिन रहेकोे प्रशासा गरेका छन् । जिल्ला सदरमुकाम सिमकोट रहेको क्याम्पस खानेपानीको धारो नहुुदा सेनाले अर्को राम्रो काम गरेको सहायक प्रजिअ पोखरेलको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत,सिमकोट, गाउँपालिका अध्यक्ष पदम लामा,उपाध्यक्ष बली रावत,मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख बसन्त रोकाया लगायतका सहभागि रहेको थिए ।

यहाँ कमेन्ट गर्नुहोस्