ताजा समाचार

बसन्त रोकाया || प्रकशित मिति : 2019-07-22

मानिसलाई जीवनमा गाँस,वास र कपास जति आवश्यक छ, सञ्चार पनि त्यति नै आवश्यक भइसकेको छ । सञ्चारविनाको जीवन कल्पना गर्न नसकिने भईसकेको छ । समाचार (न्युज) विना कुनै कामकुराको जानकारी पाउन मुश्किल परिरहेको छ । सुचना प्रविधिको विकासले आज विश्व एउटा ग्लोबल भिलेजको रुपमा परिणत भइरहेको छ । आम सञ्चारका माध्यमहरुले सुचना, शिक्षा, अभिप्रेरणा,मनोरञ्जन र जानकारी प्रदान गरी जीवन र जगतलाई यर्थाथमा सार्थक तुल्याएका छन् । आजभोलि आमसञ्चारका माध्यमहरु मानव जीवनका अभिन्न अंग बनिसकेका छन् । यदि हामीसँग पत्रपत्रिका समाचारपत्र रेडियो, टेलिभिजन, इन्टरनेट र न्यु मिडिया आदि केहि पनि नभईदिदा हाम्रो दिनचर्या निरास र अज्ञानताको भुमरीमा जकडिएको झै लाग्न थाल्छ । तर, कहिलेकाहीँको समाचारले समाजमा भ्रम सिर्जना गरेको, द्धन्द निम्त्याएको, पत्रकारिता जगत बदनाम भएको र पत्रकारमाथि प्रश्न उठेको, सांगतिक आक्रमण भएको सुन्दा र देख्दा यसको शक्ति र भक्ति अचम्म लाग्न थाल्दछ । यहाँ लेखेको न्यूज भन्दा लुकेको नियतमा विमती राखेको पाईन्छ ।
समाचार के हो र कसरी लेख्नु पर्दछ भन्ने कुरा पत्रकारलाई सिकाई राख्नुपर्ने कुरा होईन । किनकी, पत्रकारिताको आधारभूत ज्ञानविना पत्रकारको पहिचान बन्न सक्दैन र पत्रकारिता गरेको हँुदैन । कुनैपनि नयाँ जानकारीलाई पत्रकारिताको भाषामा समाचार भनिन्छ । यो इतिहास लेखन होईन । जुन कुरामा नयाँपन हुदैन, त्यो समाचार होईन ।

समाचार ( न्यूज) ले चार वटा दिशा बुझाउने भएकाले चारै दिशाबाट एकत्रित हुन आएका घटना विवरण सबै समाचार हुन भन्ने गरेको पाईन्छ । सामन्यतया समाचारमा नयाँपन, समसामयिकता, निकटता, महत्व, चुस्त दुरुस्त, मानब अभिरुचि, सत्यता आदि तत्वहरु समावेश भएको हुनुपर्दछ । यसबाट नै समाचार लेख्ने पत्रकारप्रति विश्वास अविश्वासको अवस्था सिर्जना भएको हुन्छ । समाजमा सकरात्मक नकरात्मक प्रभाव परेको हुन्छ । एउटा आदर्श समाचारमा यर्थाथता, सन्तुलन, विश्वासनियता, निष्पक्षता, सरलता, संक्षिप्तता र जिम्मेवारीपुर्ण जस्ता गुणहरु देखिनु जरुरी हुन्छ । जुन अहिलेको अभाव र आवश्यकता हो ।
आजकल विहान उठेने वित्तिकै सचेत नागरिक समाचार पढन, सुन्न र हेर्न चाहन्छन किनकी समाज र संसारसँग अपडेट हुन खोज्छन । अधिकाशंं समाचारमा नकरात्मक खवर समेटेको पाउछन । जसले नकरात्मक सन्देश दिएको हुन्छ । यसले गर्दा दिनचार्य खल्लो हुन्छ भने दिनभरी समाचारको चर्चा हुन्छ ।

यहाँ विकासका गतिविधि धेरै भएगरेका हुन्छन तर विनासका गतिविधिलाई जोड दिएर समाचार बनाएको पाईन्छ । व्यक्ति व्यक्तित्वका राम्रा पक्षहरु धेरै हुन्छन तर नराम्रा कामकुराहरुको मात्र समाचार लेखेका हुन्छन् । सबै काम कुराहरु समचार बन्न सक्दछन् तर जोड र ध्यान कुन पक्षलाई दिनु पर्ने हो सोच्नुपर्दछ । पत्रकार पनि व्यापारी जस्तै वजारमा बिक्री हुने चिजवस्तुहरुलाई मात्र बढी समाचार बनाएर बिक्री गर्नुहँदैन । केड्रिक पुल्फोर्डको भनाई अनुसार कसिलो लेखाई पत्रकारिताको एक महानता हो । त्यसैले हाम्रो लेखाई कसिलो हुनुपर्दछ तर नकरात्मक होईन । आमगुनासो यसैमा छ कि, पत्रकारले अरुका समाचार लेख्छन, आफ्ना किन लेख्दैनन् ? पत्रकारले नकरात्मक कुरालाई भन्दा सकरात्मक कुरालाई किन बढी प्राथमिकता दिदैनन् ? पत्रकारले अरुको नराम्रा र नियतका कुरा लेख्छन्, आफ्ना नराम्रा पाटा र नियतका कुराहरु समाचारमा किन खोल्दैनन् ? अव पत्रकारले आफुप्रति समाजको दृष्टिकोण कस्तो छ ? बुझ्नु आवश्यक छ ।

हुन त, पत्रकार राष्ट्रको चौथो अंग हो । तर, यहाँ पत्रकार कोही पार्टीको अंग, कोही प्यानलको अंग, कोही व्यक्तिको अंग, कोही पक्ष बिपक्षको अंगको रुपमा चिनिदा सिँगो पत्रकारिता जगत नै बदनाम भएको र लेखेका समाचारमा अविश्वसनियता वढेको छ । हामीले वुझेका छौ कि, सिंगो रास आलु कुहाउन एउटा आलु कुहिएको भए पुग्छ । त्यसरी नै केही पत्रकारले मात्र पत्रकारिताको धर्म निभाएको र आचारसंहिता पालना गरेर पुग्दैन । सबैले यसको धर्म र आचारसंहिता बुझनु आवश्यक छ । अब समाज विकास र सकरात्मकताका लागि समाचार लेखनको दृष्टिकोण र प्राथमिकता परिर्वतन हुन जरुरी छ ।
समाचार प्रभावका आधारमा स्थानिय,राष्ट्रिय,र अन्तराष्ट्रिय हुन्छन् । हामीले समाचार लेख्दा प्रभावसंगै संबेदनशीलतालाई पनि हेर्नुपर्दछ । समाचारले समाजमा पार्ने भ्रम, निम्त्याउने घटना, द्धन्द र व्यक्तिको चरित्रहत्यालाई ध्यान दिनुपर्दछ । यहाँ केही समाचार बाहिर आयो भने पत्रकारहरु दुई कित्तामा वाँडिएर केहीले त्यसलाई चोख्याउने र केहीले त्यसलाई अतिरञ्जित गरेर जुठ्याउने प्रयास गरिरहेको पाईन्छ । के पत्रकारिताको व्यावसायिक धर्म यसैमा जोडिएको छ त ? के पित्त पत्रकारिता गर्ने झुन्डको मात्र पत्रकारितामा वर्चस्व रहने हो त ? यसवाट नै देशमा पत्रकारिता र पत्रकारहरुको अवस्था के कस्तो छ ? बुझ्न सकिन्छ ।

जर्ज आर्वेलले भनेका छन् कि सानो शव्दले काम दिएसम्म ठुलो शव्द कहिल्यै प्रयोग नगर । पत्रकारले पनि समाचार लेखन र समाज सुधारमा यी कुराहरु बुझ्न आवश्यक छ । समाचारबाट समाजको चित्र र चरित्र थाहा हुन्छ । तर, यहाँ पत्रकारले चित्र देखाउदा खुशी हुनेहरु चरित्र देखाउदा बेखुशी हुने तप्काहरु पनि समाजमा धेरै छन् । तापनि, हामीले हतारमा समाचार लेखेर फुर्सदमा पछुताउनु भन्दा यथार्थ बुझेर समाचार लेख्नु पर्दछ । कसको समाचार पहिला आयो भन्दा पनि कसको समाचार वढी सत्य तथ्य हुनेछ भन्ने होडबाजी गर्नुपर्दछ । ब्रायन ह्रिवटलले भने झै उत्कृष्ट समचारदाता त्यो हा,े जो स्वभावैले समाचार सँुघ्ने सक्षम छ ।

त्यसैले हामीले सोधखवर भन्दा खोजखवर गर्नुपर्दछ । कार्यक्रममा अतिथि हुने रहर भन्दा समाचारका लागि सुघेँर कार्यक्रमस्थल जानुपर्दछ । जहाँ समाचारले पत्रकार खोज्ने भन्दा पनि पत्रकारले समाचार खोज्दै हिड्नुपर्दछ । पत्रकारको धर्म स्वयंले बुझ्नु पर्दछ भने मर्म अरुले बुझ्नुपर्दछ । पत्रकारको काम समाचार लेख्ने हो । जे जस्तो परिस्थिति आएपनि, जे जस्तो भनाई खाएपनि, समचार लेखिरहनुपर्दछ । तर, यहाँ लेखेको न्युज भन्दा लुकेको नियतमा आपत्ति छ । हिन्दीमा एउटा भनाई छ, पत्रकार बिक्री हुन्छ भने, प्रतिपक्ष डरुवा हुन्छ भने र जनता सहेर बस्छ भने देश बरवाद गर्नका लागि यी तीनै काफी हुन्छन । त्यसैले सत्य तथ्य न्यूज लेखौ, देश र जनताका लागि नियत सपारौ ।

लेखक मानसरवर बहुमुखी क्याम्पस हुम्लाका क्याम्पास प्रमुख हुनुहुन्छ/


सम्बन्धित

प्रधान सम्पादक

पदम राज हमाल

मो.नंः ९८४८७३५९९१

 

 

 

 

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि

सिमकोट – ५, हुम्ला

सुचना विभाग दर्ता नंः   ११९८-०७५-०७६

विज्ञापन तथा जानकारीका लागि :
[email protected]

[email protected]

 

 

 

Copyright © 2015-2019 Khabarsabaiko